14 Oct 2019   |   
logo
खेलकुद / मनोरञ्जन

आजबाट जिल्लास्तरीय भलिबल प्रतियोगिता



खेलकुद / मनोरञ्जन   1727 पटक पढिएको   समाज संवाददाता   २०७६ असोज ३ शुक्रवार  
हेटौंडाः स्व. केशवलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगिताको पाँचौ संस्करण आज बुधबारदेखि हटियामा सुरु हुँदैछ । शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा १३ वटा टिमको सहभागिता रहने आयोजक हटिया स्पोर्टस् एकेडेमीले जनाएको छ । प्रतियोगिताको उद्घाटन ३ नम्बर प्रदेश सरकारका सामाजिक विकास मन्त्री यूवराज दूलालले गर्नुहुने एकेडेमीका अध्यक्ष छवि सुवेदीले जानकारी दिनुभयो ।

आजबाट जिल्लास्तरीय भलिबल प्रतियोगिता


हेटौंडा–१७, हटियास्थित नेपालचौरमा हुने प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ४० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीले २ हजार र सर्वोत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्ने छन् । हरेक वर्षझै उत्कृष्ट पत्रकारलाई स्व. पदम कुमारी राउत स्मृति ट्रष्टबाट नगद ७ हजार रुपैयाँसहित सम्मान गरिने हटिया स्पोर्टस एकेडेमीका अध्यक्ष छवि सुवेदीले जानकारी दिनुभयो । प्रतियोगितामा भाग लिन आउने टाढाका टिमहरुलाई आवासको व्यवस्था आयोजकले गरेको बताइएको छ । भलिबल खेलको राष्ट्रिय प्रमुख प्रशिक्षक रहनुभएकै बेला २०७२ सालको विनाशकारी भूकम्पमा उहाँको मृत्युभएपछि उहाँको सम्झनामा हटिया स्पोर्टस एकेडेमीले जिल्लास्तरीय प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रतियोगिता आयोजनाका लागि ४ लाख ४० हजार रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगिता आयोजनाका लागि ३ नम्बर प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाले १ लाख १५ हजार रुपैयाँ, शिवम् सिमेन्टले एक लाख रुपैयाँ, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ ले ५० हजार रुपैयाँ, वडा नम्बर १७ ले ७० हजार रुपैयाँ, स्वर्गीय केशवलाल श्रेष्ठका छोरा रोमन श्रेष्ठले ५० हजार रुपैयाँ सहयोग गर्ने निश्चित भइसकेको उल्लेख गरिएको छ । प्रतियोगिताको संयोजकमा कमल विडारीलाई चयन गरिएको छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14807322 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top