14 Oct 2019   |   
logo
समाज

आफ्नै पसलको सुन चोर्ने पक्राउ



समाज   44 पटक पढिएको   समाज संवाददाता   २०७६ असोज ३ शुक्रवार  
हेटौंडाः हेटौंडामा रहेको आफ्नै पसल चोरी गर्ने एक व्यक्तिलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । हेटौंडा–१, राप्तीरोडस्थित आफ्नै बाबुले सञ्चालन गरेको जयलक्ष्मी सुनचाँदी पसलबाट दुई तोला सुन चोरी गर्ने २७ वर्षका ईश्वर सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।



मंगलबार पसलबाट २ तोला सुन चोरी भएपछि बाबु सन्तबहादुर सुनारले प्रहरीमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले खोजतलास गर्दा पसलका मालिक सुनारका आफ्नै छोरा ईश्वर सुनारको साथबाट सो सुन बरामद गरेको प्रहरीले जनाएको छ । अहिले उनलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा राखेको छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14803251 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top