14 Oct 2019   |   
logo
सम्पादकीय

वास्तविकले मात्र पाउँन्



सम्पादकीय   67 पटक पढिएको   सम्पादकीय   २०७६ असोज १ बुधवार  
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति मकवानपुरले २०७२ सालको भूकम्पबाट प्रभावित मकवानपुरका ९ सय ७३ लाभग्राहीलाई उनीहरु बसिरहेकै स्थानमा घर बनाउन स्वीकृती प्रदान गरेको छ । लामो समयसम्म पनि उनीहरु सोही स्थानमा दुख गरेर बसेपछि उनीहरुको अन्यत्र जग्गा छैन भन्ने मान्यताका आधारमा निर्णय भएको हुन सक्छ । तर उनीहरुको वास्तविकताको अध्ययन भयो कि भएन भन्ने तथ्यहरु सार्वजनिक हुनु आवश्यक हुन्छ ।

वास्तविकले मात्र पाउँन्


 त्यस्तै सो स्थान सुरक्षित छ वा छैन भन्ने प्रमाणित पनि हुनु पर्दछ । साँच्चै भूमिहीनहरुलाई यो निर्णय मानवीयताका आधारमा उत्तम छ । तर नक्कली भूमिहीन पनि यस्तो मेसोमा पर्न सक्छन् । यस विषयमा समितिले अध्ययन गरेको हुनु आवश्यक छ । समाजमा लोभी–पापीहरुको कमि छैन । त्यस माथि सित्तैमा कहिँ कतै जमिन पाईने भएपछि नक्कली भूमिहिन बन्नेहरुको संख्या देशमा धरै छ । जसको प्रभाव मकवानपुुरमा पनि देखिएको छ । त्यसैले तथ्यका आधारमा यस्तो निर्णय हुन आवश्यक हुन्छ ।

समितिले मकवानपुरका ५ सय ८९ जना भूमिहीन पूर्णलाभग्राही र ३ सय ८४ जना प्रवलीकरण लाभग्राही गरी ९ सय ७३ जना भूमिहीन लाभग्राहीलाई साविककै स्थानमा घर निर्माणको स्वीकृती प्रदान गरेको छ । उनिहरुलाई सार्वजनिक मुचुल्काको आधारमा स्थानीय तहको सिफारिस तथा दिगो समाधान परियोजनाबाट संकलन गरी पेश भएका कागजातका आधारमा सोही स्थानमा घर पुनर्निर्माण गर्न स्वीकृती दिने निर्णय गरिएको हो । हेटौंडा उपमहानगरपालिकादेखि जिल्लाका सवै स्थानीय तहमा भूमिहीनका रुपमा बसोबास गरेकाहरुलाई घर बनाउन स्विकृती प्रदान गरेको देखिन्छ । सार्वजनिक मुचुल्का बलियो प्रमाण त हो तर वैज्ञानिक जाँच प्रणालीबाट तथ्य पत्ता लगाउनु पर्दछ । जिल्ला भित्र नभएको पक्का होला देशका अन्य जिल्लामा पनि उनीहरुको जग्गा छ वा छैन भन्ने तथ्यको खोजी गर्ने प्रणाली विकास भई नसकेकोले पनि मुचुल्कालाई आधार मान्नु बाध्यता हो । यसअघि दुई पटक गरेर जिल्लाका १ हजार ६ सय ६६ जनालाई घर पुनर्निर्माणको स्वीकृती प्रदान गरिएको छ ।

यस पटक हेटौंडा उपमहानगरपालिकाका २ सय ५३, बकैयाका १ सय ५५, मकवानपुरगढीका ८५, मनहरीका ६६, बागमतिका ११, भीमफेदीका १०, राक्सिराङका ४, थाहा नगरपालिकाका ३ तथा कैलाश र ईन्द्रसरोवर गाउँपालिकाका १÷१ जना गरी ५ सय ८९ जनालाई घर पुनर्निर्माणको स्वीकृती प्रदान गरिएको छ । प्रवलीकरणतर्फ बकैयामा १ सय ४५, बागमतिमा १ सय १७, मनहरीमा ५५, मकवानपुरगढीमा ४८, हेटौंडामा १५, राक्सिराङमा ३ र भीमफेदीमा १ जना गरी ३ सय ८४ जना लाभग्राहीलाई घर पुनर्निर्माणको स्वीकृती प्रदान गरिएको हो । यो सहित मकवानपुरमा हालसम्म २ हजार ६ सय ३९ जना भूमिहीन लाभग्राहीलाई घर पुनर्निर्माणको स्वीकृती प्रदान गरिएको छ । पीडितहरुका ढिलै भए पनि सही निर्णय भएको छ । तर नक्कलीहरु प्रवेशको सम्भावना न्यून बनाउने प्रयास भयो भन्ने कुराले न्याय र अन्यायको मूल्यांकन हुने छ । जे भए पनि अव मकवानपुर निजी निवास निर्माणमा देखिएको विवाद र समाधान भएको छ । नागरिकका पक्षमा गरिएका राम्रा कामहरु विवादमा पर्नु हुँदैन । त्यसका लागि निर्णयकर्ताहरु सचेत हुन आवश्यक छ । यथार्थताको अध्ययन गरेर मात्र निर्णयमा पुग्न सक्नु पर्दछ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14806054 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top