14 Oct 2019   |   
logo
शिक्षा

बालविवाह विषयक वक्तृत्वकला



शिक्षा   113 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २८ शनिवार  
हेटौंडाः हेटौंडा–१८, हर्नामाडीस्थित ज्योति माविमा शुक्रबार वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । बाल विवाह न्यूनीकरणमा विद्यार्थीको भूमिका विषयमा आयोजना गरिएको प्रतियोगितामा १३ जना विद्यार्थीले भाग लिएका थिए । प्रतियोगितामा विशेषता अधिकारी प्रथम, सीता तिमल्सिना दोस्रो, रेनुका सिटौला तेस्रो भए ।



प्रधानाध्यापक जयराम थापाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षकहरू सिर्जना हुमागाईं र अनु रोकाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । यसैगरी सामाजिक समस्याको रुपमा रहेको बाल विवाहको न्यूनीकरणका लागि विद्यार्थीहरुले आफ्नो वक्तृृत्व मार्फत प्रस्तुती दिएका छन् । बदलिँदो परिस्थितिसँगै बाल विवाहको रुप परिवर्तन भएपनि अझैसम्म बालविवाह समाज तथा देशकै समस्याको रुपमा रहेको भन्दै बाल विवाह न्यूनीकरणका लागि विद्यार्थीहरु लाग्नुपर्नेमा उनीहरुले जोड दिएका थिए । हेटौंडा उपमहानगरपालिका–१९, बस्तीपुरस्थित निर्मल उच्च मावि परिसरमा शुक्रबार आयोजित वक्तृत्वकलामा १९ नम्बर वडाको दुई विद्यालयबाट सहभागी वक्ताहरुले बाल विवाह अन्त्य सम्भव छ भन्दै विद्यार्थी त्यसको संवाहक हुन सक्ने बताए । विभिन्न नाममा हुने बाल विवाहलाई निरुत्साहित गर्न गैरकानूनी गतिविधिमा बन्देज लगाउन गाउँ, टोलमा सचेतना कार्यक्रम गर्नुपर्नेमा विद्यार्थी वक्ताहरुले जोड दिए । प्रतियोगितामा १४ जना विद्यार्थीले भाग लिएका थिए ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14808065 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top