20 Sep 2019   |   
logo
सम्पादकीय

ईन्धन आपूर्तिमा नयाँ युग



सम्पादकीय   610 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २५ बुधवार  
नेपाल र भारत बीचको पेट्रोलियम पाइपलाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर समुद्घाटन गरेपछि नेपालमा पेट्रोल आपूर्तिमा नयाँ युग प्रारम्भ भएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइपलाइन परियोजनाको नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फरेन्स’ मार्फत एकैसाथ स्वीच थिचेर उद्घाटन गरेका हुन् । उद्घाटनले प्रविधिको प्रयोगका साथै नेपाली अर्थतन्त्रमा ठूलो महत्व राख्ने भएको छ । यो पाइपलाइन दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजनाका रुपमा सुरु भएको हो ।

ईन्धन आपूर्तिमा नयाँ युग


 पहिलो चरणमा नेपालमा बढी मात्रामा खपत हुने डिजेल मात्र ल्याईने भएको छ । त्यसपछि पट्रोल र मट्टितेल आपूर्ति हुने छ । पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा नेपाललाई वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुनेछ । जसले नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ । देश भित्र खपत हुने ईन्धन मध्ये ७० प्रतिशत अमलेखजन्जबाटै आपूर्ति हुँदै आएको छ । अब भने ईन्धनको अभाव हुँदैन भन्ने विश्वास गर्न सकिन्छ ।

चीनबाट ईन्धन आपूर्ति गर्ने केपी ओली शर्मा नेतृत्वको अघिल्लो सरकारले तयारी गरेपछि भने भारतले पाईपलाईनबाट आपूर्ति गर्न सर्त राखेको थियो । उसले पाईपलाईनबाट आपूर्ति गर्न नेपालले कम्तिमा १५ वर्ष भारतबाटै ईन्धन खरिदको शर्त राखेको थियो । पाईपलाईन निर्माणका लागि करिव ४ अर्ब रुपैयाँ लागतको आयोजनामा भारतीय कम्पनी आईओसीको ३ अर्ब २० करोड लगानी छ । यती ठूलो रकम लगानी गरिसकेपछि फाईदा खोज्नु अस्वभाविक थिएन । तर पछिल्लो समय त्यो सर्त के भयो भन्ने बारे दुवै तर्फबाट कुनै जानकारी दिईएको छैन । पक्कै पनि भारतले बिना सर्त पाईप बिछ्याउनेदेखि ईन्धन अपूर्ति सहजै दिएको होला भनी आशंका गर्नेहरु पनि छन् । यदि सशर्त रहेछ भने पनि कुनै दिन सार्वजनिक हुन्छ । भारतबाहेक अन्य मुलकबाट पेट्रोलियम पदार्थ आयात गर्न प्राविधिक कठिनाई रहेको तथा निगम र आईओसीबीचको ४० वर्षभन्दा पुरानो सम्बन्ध तोड्न नहुने पक्षमा आयल निगमका उच्च पदाधिकारीहरु छन् । तर अहिलेलाई भारतले नेपालप्रति सदाशयता देखाएकै मान्नुपर्दछ ।

अब दैनिक पाईपलाईनबाट चार हजार किलोलिटर पेट्रोलियम पदार्थ नेपाल भित्रने छ । जसले गर्दा देशका विभिन्न भागमा पु¥याउन सहज हुने छ भने ईन्धनको मूल्य पनि केही कमी हुनु पर्दछ । किन कि ढुवानी खर्च बचत भएको छ । यता पाईपलाईन निर्माणका लागि पनि भारत सरकारबाटै सहयोग भएपछि उपभोक्तालाई मुल्य घटाएर वितरण गर्नु सरकारको जिम्मेवारी हुनेछ । निक्कै महंगो र महत्वाकाक्षी परियोजनाका रुपमा रहेको पाईपलाईबाट ईन्धन आपूर्ति सुरु त भएको छ यसमा भारतको शर्त के के छन् भन्ने कुरालाई सरकारले स्पष्ट पार्नु पर्दछ । परियोजना पुरानो हुँदै गएपछि सर्त पालनाका विषयमा विवाद झिक्ने र फेरी आपूर्तिमा समस्या नहुने कुराको सुनिश्चितता भारतबाट लिनु आवश्यक छ । पाईपलाई विस्तार गर्र्न सहमति भएको एक दशकपछि सन् २०१५ बाट मात्र निर्माण सुरु भएर बल्ल कार्यान्वयनको चरणमा पुगेको योजनाले निरन्तरता पाउनु पर्दछ । यसका लागि भएका सहमति र सम्झौताको पालनामा दुबै देश ईमान्दार हुन आवश्यक छ ।








ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11969708 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top