18 Nov 2019   |   
logo
शिक्षा

आशा पाठशालाको अभिभावक भेला



शिक्षा   40 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २४ मंगलवार  
हेटौंडाः हेटौंडा उपमहानगरपालिका–७ स्थित आशा विशेष पाठशालाको सोमबार तेस्रो वार्षिक अभिभावक भेला सोमबार सम्पन्न भएको छ । भेलामा प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले सरकार सबैसँग मिलेर यस्ता मानव सेवामा लाग्ने बताउनुभयो । उहाँले सरकारको कार्यकालमै यस्ता विद्यार्थीको लागि विशेष पाठशालाको छात्रावास बनाउन तीनै तहको सरकार मिलेर लाग्नुपर्ने बताउनुहुँदै यसमा प्रदेश सरकारको तर्फबाट आफु पुर्ण रुपमा सहमत भएको बताउनुभयो ।

आशा पाठशालाको अभिभावक भेला


हेटौंडेली परिवार हेटौंडा र फ्यामेली डि हेटौंडा (स्पेन) को सझेदारीमा स्थापना भएर सञ्चालन भइरहेको पाठशालाको आजको तेस्रो अभिभावक भेलामा पाठशालाका अध्यक्ष डेकराज पौडेल (प्रकाश), वडा नम्बर ७ का अध्यक्ष राजन थापा, वडा नम्बर ६ का अध्यक्ष अर्जुन चौलागाई, पाठशालाकी संस्थापक स्पेनी नागरिक आइना बार्का, पाठशालाका सल्लाहकार, अभिभावकको सहभागिता रहेको थियो । सुस्तमनस्थिति भएका ४६ जना बालबालिका रहेको पाठशालामा १४ जना शिक्षिकाले पठनपाठन लगायत सीपमुलक तालिमहरु सिकाउँदै आएका छन् । कार्यक्रममा विद्यार्थीको चौमासिक प्रगति विवरण अभिभावकलाई वितरण गर्नुको साथै विद्यार्थीले गायन, नृत्य र हस्तकलाका सामग्री प्रदर्शन गरेका थिए ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17362535 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top