24 Feb 2020   |   
logo
प्रदेश समाचार

प्रदेश सभा बैठक डेंगुको प्रमाणित औषधी छैनः मन्त्री दुलाल



प्रदेश समाचार   825 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २४ मंगलवार  
हेटौंडाः ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले प्रकोपको रुप लिएको डेंगुको प्रमाणित औषधी नभएको बताउनुभएको छ । प्रदेश सभा बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री दूलालले सोमबार डेंगुको कुनै प्रमाणित औषधी नभएको उल्लेख गर्नुहुँदै उहाँले अहिले देशभर ३ हजार ८ सय ७९ जनामा डेंगु संक्रमण भएको पाइए पनि ७० हजारमा संक्रमण फौलिएको भनी गलत प्रचार फैलाइएको भन्दै आपत्ती जनाउनुभएको छ । उहाँले डेंगुको नकारात्मक प्रचारमा नलाग्न सबैलाई आग्रह गर्नुहुँदै प्रदेश सरकारले डेंगुको नियन्त्रण गर्दै यसलाई निर्मुल पार्न सबै प्रदेश सांसदहरुलाई आ—आफ्नो क्षेत्रमा सहयोग गर्न आग्रह गर्नुभयो ।



प्रदेश सभा बैठकमा रामेश्वर फुयालले राखेको डेंगु भाइरस प्रकोप नियन्त्रणको प्रस्तावमा सत्ता पक्ष र प्रतिपक्षी गरी १६ जना संसदले उक्त प्रस्तावमा आफ्नो धारणा राखेका थिए । संसदहरुले डेंगु रोगको विषयमा प्रदेश सरकार के गरिरहेको छ रु प्रदेशमा डेंगुको अवस्था कस्तो छ रु लगायतको प्रश्न गर्दै आ—आफ्नो क्षेत्रको डेंगु संक्रमणको बारेमा प्रदेश सभा बैठकमा जानकारी गराउनुभएको थियो । सभामा बोल्दै सदस्यहरुले यतिबेला सरकारको परीक्षा भैरहेको भन्दै सरकारले यतिबेला ठोस कदम नचाले यसको भोलीको अवस्था भयावह हुने र त्यसको जवाफदेही सरकार स्वयम् हुने भन्दै सदस्यहरुले सरकारको विशेष ध्यानाकर्षण गर्नुभएको थियो ।

प्रदेश सभा सदस्य रामेश्वर फुयाँलले छलफल प्रस्तावमा संसदहरु राजेन्द्र प्रसाद पाण्डे, भिमसेन खत्री, शोभा त्रिपाठी, रिता माझी, जीवन खड्का, बलराम पौडेल, सुरेन्द्रराज भुसाल, किष्ण शर्मा खड्का, इन्द्रमाया गुरुङ, प्रेम बहादुर पुलामी, रिना गुरुङ लगायतले आ—आफ्नो धारणा राख्नुभएको थियो । प्रदेश सभा बैठकमा मन्त्री दुलालले सरकार डेंगु भाइरसको विषयमा सचेत हुँदै नियन्त्रणको लागि विभिन्न कार्यक्रमहरु र विभिन्न प्रयासहरु भैरहेको बताउनुभयो । उहाँले किट नभए उपचार नै नहुने होइन भन्नुहुँदै अहिलेसम्म ३ नम्बर प्रदेशमा २ हजार दश जनामा डेंगुको संक्रमण भएको विवरण ३ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयमा आइपुगेको र यो विवरण नै आधिकारिक भएको दावी गर्नुभयो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28003353 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top