24 Feb 2020   |   
logo
शिक्षा

शिक्षा दिवसमा हिज्जे प्रतियोगिता



शिक्षा   79 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २३ सोमवार  
हेटौंडाः मकवानपुरगढी गाउँपालिकास्थित भानु माविमा आइतबार माविस्तरीय अङ्ग्रेजी हिज्जे प्रतियोगिता भएको छ । अन्तर्राष्ट्रिय साक्षरता तथा शिक्षा दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगितामा गढी गाउँपालिकाका ८ वटा माध्यमिक विद्यालयमध्ये भानु मावि, शारदा मावि, जनता मावि, चण्डिका मावि र वंशगोपाल मावि गरी ५ विद्यालयले भाग लिएका थिए ।



प्रतियोगितामा भानु मावि प्रथम, शारदा मावि द्वितीय, जनता मावि सुकौरा तृतीय तथा चण्डिका मावि सान्त्वना भएका थिए । गढी गाउँपालिकाका सामाजिक विकास संयोजक जित बहादुर घिमिरेको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष विदुर हुमागाइँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेल्टाका प्रतिनिधि विवशजंग थापा, गढी गाउँपालिकाका शिक्षा प्रमुख रामबहादुर घलान, भानु माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलप्रसाद चौलागाइँ, प्रधानाध्यापक राजेन्द्र थापालगायतको उपस्थिति रहेको थियो । कार्यक्रम मकवानपुरगढी गाउँपालिकाको आयोजना तथा सीडीओ नेपालको प्रायोजनमा भएको थियो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28005509 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top