20 Sep 2019   |   
logo
सम्पादकीय

खेलकुद र पर्यटन वर्ष



सम्पादकीय   92 पटक पढिएको   सम्पादकीय   २०७६ भाद्र २३ सोमवार  
नेपाल भ्रमण वर्ष सफल बनाउन खेलकुद महत्वपूर्ण माध्यम हुन सक्छ । यसकै लागि प्रदेश ३ मा विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना हुने भएछन् । पर्वतीय खेलकुद महासंघका नामबाट प्रतियोगिताहरु आयोजना हुने भएका छन् । यसले प्रदेशमा खेल पर्यटक प्रवद्र्धनमा महत्वपूर्ण योगदान हुने छ । खेलकुद आफैंमा पर्यटकीय विषय हो । जुनसुकै स्थानमा प्रतियोगिताहरु गरिएपछि आन्तरिकदेखि वाह्य पर्यटकहरु आकर्षित हुन्छन् । त्यसैले खेलकुद क्षेत्रलाई केवल प्रतियोगिता मात्रका रुपमा हेरिनु गलत हुने छ ।

खेलकुद र पर्यटन वर्ष


तर स्थानीयदेखि संघीय सरकारमा रहेकाहरुमा खेलकुद प्रतिको चिन्ता र चासो निकै कम मात्र पाईन्छ । जसको परिणाम आज पनि नेपाली खेलकुद बामे मात्र सर्र्दैछ । खेलकुदको विकासका लागि भनी आधिकारिक संस्था स्थापना भएको छ दशकसम्म पनि यो क्षेत्र सबै नेपालीको साझा विषय बन्न सकेको छैन । खेल्नुलाई समय कटाउनका रुपमा हेर्ने र गरिएको लगानी अनुत्पादक भन्ने चिन्तनबाट मुक्त नभएसम्म नेपाली खेलकुद क्षेत्र अझै धरै वर्ष यही अवस्थामा रहने छ ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा भए पनि पर्वतीय खेलकुद महासंघले राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा प्रतियोगिताहरु गराउनुले पर्यटन र खेलकुदको सम्बन्धलाई उजागर गर्ने मौका पनि हो । अन्तर्राष्ट्रिय खेलाडीहरुको समेत सहभागितामा हुने साहसिक प्रतियोगिताले पर्यटन वर्ष सफल बनाउन समेत टेवा पुग्ने छ । यसका लागि महत्वपूर्ण पक्ष व्यवस्थापकीय र बजेटको श्रोतको सुनिश्चित हुन आवश्यक छ । विशेषगरी स्थानीय तहबाट पनि सहयोग लिने क्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुखलाई सहभागी गराउनु स्वागतयोग्य कदम हो । केही साहसिक खेलका अतिरिक्त नेपाली मौलिक र स्थानीय प्रतियोगिताहरु मार्फत पनि पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने छ । यसतर्फ पनि राज्यले नै विशेष ध्यान दिनु पर्दछ । यस्तै आयोजकहरुले पनि महंगा र खर्चिला मात्र नभई स्थानीयहरुको सहभागितामा हुने धेरै खेलहरु छन् । तिनलाई संरक्षणको मौका दिने यो महत्वपूर्ण अवसर हुन सक्छ । जुन स्थानमा खेलकुद प्रतियोगिता आयोजना हुन्छन् त्यहाँका स्थानीयले पनि उत्तिकै अपनत्व गर्न सक्नु पर्दछ । यसका लागि आयोजक समिति बनाउँदादेखि नै विशेष ध्यान पुग्नु जरुरी हुन्छ ।

महासंघले प्रतियोगिता सन् २०२० जनवरी १ मा हेटौंडाबाट सुरु गर्ने योजना सार्वजनिक गरेको छ । भ्रमण वर्षको सुरुवात दौड प्रतियोगिता हुनेछ भने मकवानपुरको ईन्द्रसरोवरमा वाटर फेष्टिवल हुँदा मानव निर्मित नेपालकै ठूलो पोखरीको प्रचारप्रसार हुने र पर्यटकहरु सो क्षेत्रमा आउने अनुमान गर्न सकिन्छ । यस्तै चितवनमा इन्टरनेश्नल इलिफेन्ट स्र्पोस्, काठमाडौंमा गल्फ, क्रस कन्ट्री साईक्लिङ, जस्ता प्रतियोगिताहरु राखिएका छन् । यस्तै भोटेकोशी र त्रिशुली नदीमा रयाफ्टीङ, हेलम्वु तथा जोमसोमसम्मको टुर जस्ता साहसिक प्रतियोगिताहरु एक वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य देखिन्छ । लक्ष्य र उद्देश्य अत्यन्त राम्रा छन् । तर कुनै पनि कार्यक्रम घोषण गर्नु भन्दा सफलतापूर्वक सम्पन्न गराउन उत्तिकै चुनौती छन् । आयोजकले यो पक्षमा गम्भीर हुनै पर्दछ । कार्यक्रमका लागि अनुमान गरिएको रकमको श्रोत सुनिश्चित गराउने र कार्यक्रम सम्पन्न गर्नमा स्थानिय तहदेखि संघीय सरकारको समेत उत्तिकै साथ र सहयोग आवश्यक पर्दछ । यी काम गर्न र गराउन आयोजकको निस्वार्थ र ईमान्दारिता आवश्यक हुन्छ ।








ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11972225 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top