20 Sep 2019   |   
logo
सम्पादकीय

दिवसको महत्व



सम्पादकीय   87 पटक पढिएको   सम्पादकीय   २०७६ भाद्र २२ आइतवार  
मानव बेचबिखन अन्त्य गर्न भएका कानूनलाई कडाईका साथ कार्यान्वयन हुन नसक्दा समस्या बढ्दै गएको हो । बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ लाई तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएको दिनको सम्झनामा नेपालमा २०६४ सालदेखि मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाउन सुरू गरिएको हो । अन्तर्राष्ट्रिय स्तरमा भने यो दिवस जुलाई ३० तारिखमा मनाउने गरिन्छ । संविधानले मानव बेचबिखन तथा दास बनाएर राख्न नपाउने व्यवस्था छ ।

दिवसको महत्व


 मानव बेचविखन तथा ओसारपसार विश्वव्यापी समस्या हो । यसलाई जघन्य अपराधको रुपमा लिईन्छ । कुनै न कुनै रुपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरित जवरजस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई मानव बेचविखन भनिन्छ । मानव बेचबिखनका अनेक रुप र प्रक्रिया मध्ये वैदेशिक रोजगारका नाममा बढी अपराध हुने गरेको पाईएको छ । विदेश जानुअघि विचार गर्नैपर्ने पक्षलाई बेवास्ता गर्दा पीडक पक्ष हावी भएको अनुसन्धानहरुले देखाएका छन् ।

वैदेशिक रोजगार, यौन, मनोरञ्जन, सर्कस, अंग झिक्ने, बाँधा मजदुर, जबर्जस्ती मजदुरी, विवाह, भ्रमण अनेक बहानामा महिला वा पुरुष ठगिँदै आएका छन् । तर मानव बेचबिखन भन्नाले विशेषगरी महिला तथा बालबालिका र त्यसमा पनि यौन शोषणसँग सम्बन्धित पक्षलाई बुझिने गरेको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, कानुनी बमोजिम बाहेक मानिसको अङ्ग झिक्ने र बेश्यागमन गर्नु मानव बेचबिखन हो । नेपालको कानूनले यति स्पष्ट रुपमा परिभाषा गरिदिएको छ र पनि मानिसहरु आज पनि अनेक तरिकाबाट जोखिममा पर्दै आएका छन् । अपराध गर्ने गराउनेहरुले अनेक फरक शैलीबाट पनि आफ्नो धन्दा चलाईरहेका हुन्छन् । प्रविधिको विकास र सहज पुहुँचका कारण यसकै दुरुपयोग गरी मावन बेचबिखन हुने गरेका धेरै घटनाहरु छन् । राज्यका नियामक निकायहरुले पछिल्लो प्रविधिको दुरुपयोगलाई रोक्नु चुनौती बन्दै आएको छ । प्रशासनको एकल प्रयासले मात्र पनि मानव बेचबिखन नियन्त्रण सम्भव छैन । आम नागरिकको सचेततापूर्वक सहभागिता आवश्यक हुन्छ ।

हेटौंडामा पनि १३ औँ मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको दिवसमा विभिन्न कार्यक्रम भएका छन् । प्रदेश ३ का प्रमुख अनुराध कोईरालाकै सहभागितामा कार्यक्रम भइरहँदा स्थानीय संघ, संस्थाहरुलाई दबाव बढेको हुनु पर्दछ । जिल्लास्थित महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरुले जुन उत्सुकताका साथ कार्यक्रम गर्नुपर्ने थियो त्यस्तो भने देखिएन । सरकारी कार्यक्रम र दिवसलाई औपचारिकता पुरा गर्ने भन्दा भिन्न बनाउन सकिएको छैन । दिवसको औचित्य र महत्वका आधारमा कार्यक्रमहरुको आयोजना हुनु पर्दछ । जीवनभर मानव बेचबिखन विरुद्धको अभियानमा लाग्नु भएका प्रदेश प्रमुखको सहभागिता रहने कार्यक्रमको व्यवस्थापन र सहभागिता निकै कमजोर देखियो । कार्यक्रमको तयारीका दृष्टिले दिवसको उच्च महत्वलाई आत्मसात नगरिएको हो कि रु रयाली र गोष्ठी तथा अन्य कुनै पनि कार्यक्रम शहरमा भन्दा ग्रामिण क्षेत्रमा र्पुयाउनु आवश्यक छ । शहरमा गरिएका कार्यक्रम औपचारिकता पुरा गर्ने प्रकृतिका मात्र हुने गर्दछन् । जुन कार्यक्रम जसका लागि उपयोगी हुन्छ त्यही क्षेत्र, वर्ग र समुदाय बीच गर्नुले मात्र कार्यक्रम र नाराको औचित्य पुष्टि हुन सक्छ ।









ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11970601 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top