20 Sep 2019   |   
logo
खेलकुद / मनोरञ्जन

कुस्ती खेलाडी ईरान जाने



खेलकुद / मनोरञ्जन   28 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २० शुक्रवार  
हेटौंडाः १३ औं सागको तयारीमा बन्द प्रशिक्षणमा रहेको कुस्ती खेलाडी अन्तर्राष्ट्रिय प्रशिक्षणका लागि ईरान जाने भएको छ । असोज महिनामा इरान जाने तय भए पनि मिति भने अझै यकिन हुन नसकेको कुस्ती खेलका प्रमुख प्रशिक्षक ब्रह्मदेव प्रसाद यादवले जानकारी दिनुभयो । साउन १० गतेबाट सुरु भएको प्रशिक्षणबाट पहिलो चरणको छनोट गरेर २८ जना खेलाडी दोस्रो चरणको प्रशिक्षण गरिरहेका छन् ।

कुस्ती खेलाडी ईरान जाने


बन्द प्रशिक्षणमा १४ जना महिला र १४ जना पुरुष खेलाडी सहभागी छन् । सागमा १० वटा तौल समूहमा प्रतिस्पर्धा हुने भनिए पनि ७ वटा तौल समूहमा मात्रै प्रतिस्पर्धा हुन सक्ने प्रमुख प्रशिक्षक यादवले बताउनुभयो । नेपाली कुस्ती खेलाडीको अभ्यासका लागि भारतीय खेलाडीसँग मैत्रीपूर्ण खेलको तयारी पनि भइरहेको उहाँले जानकारी दिनुभयो । १२ औं सागमा सहभागी पुरुषतर्फ ४ र महिलातर्फ एकजना अहिले १३ औं सागमा सहभागी हुँदैछन् । समयमै बन्द प्रशिक्षणमा सहभागी गराउन सक्नु, तयारी सन्तोषजनक भएसँगै बैदेशिक प्रशिक्षण र अभ्यास खेलको पनि व्यवस्था भएअनुसार १३ औं सागमा कुस्ती खेलबाट स्वर्ण पदकको आशा गरिएको पूर्व प्रमुख प्रशिक्षक एवम् वर्तमान प्रशिक्षक समूहको सदस्य मुमताज इर्दिस अलीले विश्वास व्यक्त गर्नुभयो । प्रमुख राष्ट्रिय प्रशिक्षक ब्रह्मदेवप्रसाद यादवको नेतृत्वमा ४ जना प्रशिक्षकले बन्द प्रशिक्षण सञ्चालन गरिरहनुभएको छ ।









ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11969446 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top