20 Sep 2019   |   
logo
सम्पादकीय

अस्पतालको सुुधार



सम्पादकीय   131 पटक पढिएको   सम्पादकीय   २०७६ भाद्र २० शुक्रवार  
प्रदेश ३ सरकारले आफु मातहतका सरकारी अस्पताल सुदृढीकरणका लागि केही रकम विनियोजन गरेको छ । प्रदेश भित्रका ८ वटा जिल्ला अस्पतालको सुदृढीकरण गर्नका लागि चालुआर्थिक वर्षमा साढे नौ करोड रकम विनियोजन गरेको छ । राज्य पूनर्संरचना नहुँदासम्म केन्द्रीय सरकार अन्तर्गत रहेका जिल्ला अस्पतालहरु नाम मात्रका थिए । विशेषगरी हेटौंडा अस्पताल जस्ता अस्पतालहरु रिफर सेन्टरका रुपमा सीमित हुन बाध्य भएकै हुन् । सामान्य भन्दा सामान्य उपचार पनि यस्ता अस्पतालहरुमा सम्भव थिएनन् । जसले गर्दा स्थानीय नागरिकहरुले महंगो उपचार गराउन बाध्य थिए ।

अस्पतालको सुुधार


अहिले जिल्ला अस्पतालहरु प्रदेश सरकारको जिम्मेवारीमा आएका छन् । अब भने केही सुधारको अपेक्षा गर्न सकिन्छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पतालहरुको सेवा विस्तार तथा गुणस्तरीय बनाउने लक्ष्यसहित कार्यक्रम सन्चालनका लागि बजेट विनियोजन गरिएको छ । पर्याप्त नभए पनि सुरुवातलाई सकारात्मक लिनु पर्दछ । तर यतिले मात्र पर्याप्त छैन । रकम थप गर्ने र कार्यक्रमलाई पनि विस्तार गर्नु आवश्यक छ ।

प्रदेश सरकारले प्रदान गर्ने रकमबाट अस्पतालमा गर्नुपर्ने सुदृढीकरण सम्बन्धी निर्देशिका मन्त्रालयले नै बनाएर पठाएको छ । सोही अनुसार उक्त रकमबाट सेवाहरु विस्तार गर्नु पर्ने छ । अन्य अस्पताल भन्दा हेटौंडाले जेष्ठ नागरिकहरुका लागि निशुल्क परिक्षणको व्यवस्था पनि गरेको छ । तर यसको प्रभावकारिता सहरमा भन्दा गाउँ बढी हुन सक्छ । त्यसैले यो कार्यक्रम स्थानीय स्वास्थ्य केन्द्रहरुमा विस्तार हुन आवश्यक छ । यता स्वास्थ्य विमा भित्र पर्ने औषधिहरु पर्याप्त मात्रामा छैनन् । तर सोही औषधि नीजि मेडिकलहरुमा सहजै उपलव्ध छन् । किन अस्पतालहरुमा पाईदैनन् रु अस्पताल प्रशासन वा व्यवस्थापन वा सरकार कस्को कमजोरी वा लापरवाही हो रु यदि सेवालाई सुदृढीकरण गर्ने हो भने यता तर्फपनि ध्यान जान आवश्यक छ । कुनै पनि कार्यक्रम सुरु गर्नु आफैंमा स्वागतयोग्य विषय हो । तर त्यो कार्यक्रमले दिर्घकालिन पार्ने प्रभाव तथा सेवाको निरन्तरताका विषयमा पनि अध्ययन र छलफल हुन आवश्यक छ ।

प्रदेश सरकारले अस्पताल सुदृढीकरणका लागि अघिल्लो आर्थिक वर्षबाट कार्यक्रम ल्याएको भए पनि सुरुवाती वर्षमा प्रभावकारी हुन नसक्नु स्वभाविक हो । तर यस वर्षदेखि कार्यक्रमबाट सेवामा सुधार मात्र हैन गुणस्तरीयता समेत बढ्नु पर्दछ । पछिल्लो समय हेटौंडा अस्पतालमा केही सेवा विस्तार नभएका हैनन् । विशेषज्ञ डाक्टरहरुदेखि आधुनिक उपकरणहरुको उपलव्धता बढेको छ । जसले गर्दा आम नागरिकहरु सेवा लिन सरकारी अस्पताल पुग्ने क्रम र संख्या बढेको पाईन्छ । तर नागरिकको उपस्थिति र सेवाको विस्तारले मात्र गुणस्तरीयता हुन सक्दैन । यसका लागि उचित व्यवस्थापन आवश्यक छ । हेटौंडा अस्पताल यही व्यवस्थापन पक्षमा केही अन्यौल देखिएको छ । स्वास्थ्य विमाका कारण अस्पतालहरुमा भिड बढेको हो । तर एक जना डाक्टरले कति जना विरामी जाँच गर्ने भन्ने मापदण्ड बनाईनु पर्दछ । विरामीहरुले आफ्ना समस्या भन्न र डाक्टरले सुन्न पनि नभ्याउने गरी परिक्षण गराउँदा प्रदान गरिने सेवामा प्रश्न उठ्ने अवस्था आउने छ । त्यसैले क्षमता, योग्यता, विज्ञता र प्रविधि सबै पक्षमा सुधार गर्न सकेमात्र गुणस्तरीय सेवा प्रवाह हुन सक्छ ।









ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11972701 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top