08 Dec 2019   |   
logo
अन्तर्वार्ता

विद्यार्थीको उपस्थिति राम्रो रहेको छ



अन्तर्वार्ता   198 पटक पढिएको   ज्योति न्यौपाने   २०७६ भाद्र ४ बुधवार  
एसईईको नतिजा सार्वजनिक भएर कक्षा ११ मा नयाँ विद्यार्थीको भर्ना अभियान सकिँदा नसकिँदै कक्षा १२ को नतिजा पनि सार्वजनिक भएपछि स्नातक तहमा विद्यार्थी भर्ना हुने क्रम शुरु भएको छ । विद्यालय तहको शिक्षा पूरा गरेर विश्वविद्यालय तहको शिक्षामा प्रवेश गर्न विद्यार्थी आतुर छन् भने कलेजहरु पनि विद्यार्थीलाई आकर्षित गर्न व्यस्त छन् । विद्यालय तह पूरा गरी विश्वविद्यालय तहको शिक्षा हासिल गर्न आउने विद्यार्थीका लागि के कसरी शैक्षिक क्रियाकलाप गर्ने योजना भइरहेको छ भन्ने सन्दर्भमा ज्योति न्यौपानेले हेटौंडा क्याम्पसका सहायक क्याम्पस प्रमुख देवीराम लामासँग गर्नुभएको कुराकानीः

विद्यार्थीको उपस्थिति राम्रो रहेको छ


देवीराम लामा, सहायक क्याम्पस प्रमुख, हेटौंडा क्याम्पस

पछिल्लो समयमा हेटौंडा क्याम्पसलाई यहाँको विद्यार्थी र अभिभावकहरूले कुन रुपमा हेरिरहेको जस्तो लाग्छ ?

लामाः यो हेटौंडा क्याम्पस मकवानपुरमै शिक्षा सङ्कायमा एउटा नाम चलेको क्याम्पस हो । यो क्याम्पसले २०४७ सालबाट आजसम्म मकवानपुर लगायत आसापासको जिल्लाहरूका पनि विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ । केही समय भवन अभावमा समस्याहरू झेल्नुपरेको थियो र अहिले हामी भवन र कक्षा कोठाको पुर्वाधारमा पनि सम्पन्न भएका छौं ।

अहिले क्याम्पसमा विद्यार्थीको उपस्थिति कस्तो रहेको छ ?

लामाः हामीले स्थापनादेखि नै विद्यार्थीको विश्वास त जिती नै रहेका छौं । पछिल्लो समय बारा, पर्सा र सिराहाबाट विद्यार्थी धेरै मात्रामा आएका छन् । अहिलेको शिक्षक सेवा आयोगले लिएको परीक्षाको नतिजाले पनि हाम्रो क्याम्पसका विद्यार्थीको राम्रो नतिजा छ भन्ने देखाउँछ । त्योबाहेक अरु निजी विद्यालय तथा सरकारी अस्थायीमा पनि हेर्दा हेटौंडामा लगभग ८० प्रतिशत जति हेटौंडा क्याम्पसकै विद्यार्थी नै रहेका छन् । देशभरि नै शिक्षा सङ्कायमा विद्यार्थीको सङ्ख्या कम भइरहेको अवस्थामा हाम्रो हेटौंडा क्याम्पसमा भने विद्यार्थीको उपस्थिति राम्रो रहेको छ । त्यसैले पनि हाम्रो क्याम्पसमा विद्यार्थीको राम्रो उपस्थिति रहेको छ । हालै पनि हामीले कक्षा ११ मा लगभग ४०० विद्यार्थी भर्ना गरिसकेका छौं । यो वर्ष कक्षा १२ को परीक्षाफलमा पनि राम्रो देखिएको छ ।

क्याम्पस सञ्चालनमा यहाँहरूको टिमको के कस्तो भूमिका रहेको छ ?

लामाः कुनै पनि संस्थाको उन्नति र प्रगतिमा व्यक्तिको भन्दा पनि समूहको ठुलो भूमिका हुन्छ । हामीकोमा लामो समयदेखि शिक्षण पेशामा लागेको शिक्षकहरूले शिक्षण गर्नुहुन्छ । त्यस्तै नयाँ साथीहरूको जोश, जाँगर र पुराना अनुभवी शिक्षकको अनुभवको नै परिणाम हो भन्ने हामीलाई लाग्छ । हाम्रो क्याम्पस यहाँसम्म आइपुग्नु नै सम्पुर्ण शिक्षकहरुको देन हो । हामीलाई स्थानीय तहदेखि प्रदेश सरकार, विद्यार्थी र अभिभावकहरूको सहयोगले हामी यहाँसम्म आएका हौं । सञ्चालक समिति क्याम्पसलाई कसरी राम्रो बनाउने भन्नेमा हामी भन्दा पनि चिन्तत छ । उहाँहरूले हामीलाई क्याम्पसको भवन निर्माणदेखि व्यवस्थापनको क्षत्रमा पनि धेरै साथ दिइरहनु भएको छ ।

विद्यार्थीको स्वतन्त्रतामा यहाँहरुको कस्तो व्यवस्था छ ?

लामाः विद्यार्थीलाई चाहिने जति पनि स्वतन्त्रता छ त्यसलाई हामीले कत्ति पनि दबाएका छैनौं । खासगरी हामीले अनुशासनको क्षत्रमा अलि बढी निगरानी गरेका छौं त्यो बाहेक हामीले शुक्रबार–शुक्रबार अतिरिक्त क्रियाकलाप र समय–समयमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु पनि गरिरहेका छौं । यस्ता कार्यक्रममा विद्यार्थी एकदम खुसीका साथ सहभागी भएका छन् । त्यसैले हाम्रो क्याम्पसका विद्यार्थीहरू गलत कार्यबाहेक अरु क्रियाकलापमा स्वतन्त्र नै छन् ।

अहिले स्नातक तहमा कुनकुन विषयमा भर्ना खुलाउनुभएको छ ?

लामाः हामीले स्नातक तह प्रथम वर्षको लागि शिक्षा सङ्कायमा विभिन्न ६ वटा विषयहरुमा भर्ना खुलाएका छौं । जसमा नेपाली, अंग्रेजी, गणित, विज्ञान, स्वास्थ्य, अर्थशास्त्रमा भर्ना खुल्ला गरिएको छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


18980233 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top