20 Sep 2019   |   
logo
समाज

मोटरसाइकल दुर्घटनामा परी विप्लपको मृत्यु



समाज   4 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र १ आइतवार  
हेटौंडाः शनिबार राती मोटरसाइकल दुर्घटनामा परी घाइते भएका विप्लप जोशीको मृत्यु भएको छ । हेटौंडा–१८, हर्नामाडीका २६ वर्षीय विप्लपको उपचारको क्रममा काठमाडौंस्थित मेडिसिटी अस्पतालमा आज साँझ ५ बजेको समयमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । शनिबार राती हेटौंडा बजारबाट हर्नामाडीतर्फ जाने क्रममा हेटौंडा–१८, हटियामा दुर्घटना भएको थियो ।

मोटरसाइकल दुर्घटनामा परी विप्लपको मृत्यु


 ना ४५ प ४९०६ नम्बरको पल्सर मोटरसाइकल चलाएर घरतर्फ जाँदै गरेका विप्लप हटिया पुगेपछि अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका विप्लपको उपचारको लागि काठमाडौं लगिएको थियो ।







ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11974226 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top