20 Sep 2019   |   
logo
समाज

चट्याङ लागेर एकको मृत्यु, एक गम्भीर घाइते



समाज   5 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र १ आइतवार  
हेटौंडाः आज साँझ मकवानपुरको मनहरी गाउँपालिका–८, पाङबुङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज साँझ साढे ५ बजेको समयमा मनहरी–८, पाङबुङमा करेसाबारीमा काम गरिरहेकी ४५ वर्षीया कान्छिमाया थिङको चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको हो ।



 सोही स्थानकी ३२ वर्षीया सुस्मिता मोक्तान भने गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घटनाबारे स्थानीयले इलाका प्रहरी कार्यालय मनहरीलाई जानकारी गराएका हुन् । मनहरीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मनहरीबाट एक घण्टाको मोटरयात्रापछि २ घण्टा भन्दा बढी समय पैदल यात्रा गर्नुपर्ने बताइएको छ । गम्भीर घाइतेको उपचारका लागि के भइरहेको छ भन्ने पनि यकिन हुन सकेको छैन ।







ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11969626 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top