20 Sep 2019   |   
logo
समाज

नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनमा ८ सय युवा सहभागी हुँदै



समाज   23 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र १ आइतवार  
हेटौंडाः नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनमा देशभरका ८ सय युवाको सहभागिता रहने भएको छ । हेटौंडामा भदौ ६ र ७ गते आयोजना हुने सम्मेलनमा नेपाल जेसीजको क्षेत्र ‘ख’ का ३२ वटा शाखाका प्रतिनिधि सहभागी हुने बताइएको छ । आयोजक वस्तीपुर जेसीजले आज पत्रकार सम्मेलनको आयोजना गरेर सम्मेलनको तयारीका बारेमा जानकारी गराएको छ ।

नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनमा ८ सय युवा सहभागी हुँदै


   बस्तीपुर जेसीजका संस्थापक अध्यक्ष एवम् क्षेत्र ‘ख’ सम्मेलन निर्देशक गणेशप्रसाद भेटवालले सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न ३६ वटा उपसमिति गठन गरी परिचालन गरिएको जानकारी दिनुभयो । ५० लाख रुपैयाँ लागत अनुमान गरिएको सम्मेलनका लागि मकवानपुरका विभिन्न संघ, संस्थाको साथ र सहयोग रहेको उहाँले बताउनुभयो । सम्मेलनको उद्घाटन समारोह ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा हुने वस्तीपुर जेसीजका शाखा अध्यक्ष सुनिल अधिकारीले जानकारी दिनुभयो । जेसीजका युवाको व्यक्तित्व तथा नेतृत्व विकासका लागि सम्मेलन महत्वपूर्ण हुने उल्लेख गर्नुहुँदै सम्मेलनबाट मकवानपुरको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने दावी गर्नुभयो । सम्मेलनको अवसरमा पत्रकार र सामाजिक अगुवालाई जनही ११ हजार २ सय २२ रुपैयाँ राशीसहितको उदयसिंह पाठक स्मृति पुरस्कार प्रदान गर्ने कार्यक्रम समेत रहेको बताइएको छ ।







ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11972397 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top