20 Sep 2019   |   
logo
शिक्षा

एसईईको ग्रेडवृद्धि परीक्षा शुरु



शिक्षा   25 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र १ आइतवार  
हेटौंडाः एसईईको ग्रेडडवृद्धि मौका परीक्षा आजबाट सुरुभएको छ । पहिलो दिन आज अनिवार्य अंगे्रजी विषयको परीक्षा भएको छ । अनिवार्य अंग्रेजी विषयको ग्रेडवृद्धिका लागि जम्मा २ सय ८७ जना विद्यार्थीले परीक्षा फारम भरेकोमा परीक्षामा २ सय ८ जना उपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाई मकवानपुरले जानकारी दिएको छ ।

एसईईको ग्रेडवृद्धि परीक्षा शुरु


फारम भरेका मध्ये ७९ जना विद्यार्थी अनुपस्थित रहे । मकवानपुरमा भुटनदेवी मावि, आधुनिक राष्ट्रिय मावि र सिद्धार्थ माविमा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा भदौ ११ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेदेखि भइरहेको छ । ग्रेडवृद्धिका लागि सबैभन्दा बढी गणित विषयमा १ हजार ३ सय ४१ जना विद्यार्थीले फारम भरेका छन् ।








ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11969520 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top