20 Sep 2019   |   
logo
समाज

नमस्ते मकवानपुरको लक्ष्य सेयर पुँजी १ करोड पुर्याउने



समाज   21 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र १ आइतवार  
हेटौंडाः हेटौंडा–१०, टीसीएनस्थित नमस्ते मकवानपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीको सेयर पुँजी एक करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । सहकारीको एघारौं वार्षिक साधारणसभाको अवसरमा सहकारीका अध्यक्ष नवराज खनालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सहकारीको बढ्दो विश्वसनीयतासँगै सेयर पुँजी बढाउने महत्वाकांक्षी लक्ष्य लिइएको बताउनुभयो । सहकारीको अहिले सेयर पुँजी २४ लाख ५७ हजार रुपैयाँ रहेको छ ।



साधारणसभामा अध्यक्ष खनालले सहकारीको बचत संकलन १ करोड ३९ लाख ६९ हजार रुपैयाँ रहेको र ऋण लगानी १ करोड ७७ लाख ९६ हजार रुपैयाँ रहेको जानकारी गराउनुभयो । सहकारीले आर्थिक वर्ष २०७५-७६ मा २ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाको उद्घाटन समारोह मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडकी अध्यक्ष राधा सिन्तानको प्रमुख आतिथ्यतामा भएको थियो । उहाँले सहकारीमा भाखा नाघेको ऋण हुन नहुने उल्लेख गर्नुहुँदै सबै सदस्यले सचेत भएर खराब ऋणको अवस्था नआओस् भनी सचेत हुन आग्रह गर्नुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा सदस्य धर्म बस्नेतको पनि सहभागिता रहेको थियो । ४ सय ५ जना सेयर सदस्य रहेको सहकारीले चेकबुक र अनलाइन सेवा समेत प्रदान गरेको जनाएको छ ।








ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11972038 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top