20 Sep 2019   |   
logo
स्थानीय तह

स्थानीय तहमा शिक्षक महासंघ



स्थानीय तह   52 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र १ आइतवार  
हेटौंडाः शिक्षक महासंघ मकवानपुरले मकवानपुरका सबै स्थानीय तहमा गाउँ समिति गठन गरेको छ । शनिबार हेटौंडामा घोषणा सभाको आयोजना गरी सबै स्थानीय तहमा महासंघ गठन गरिएको हो । सबै स्थानीय तहमा अध्यक्ष, सहअध्यक्ष र सचिब चयन गरिएका हुन् ।



महासंघको हेटौंडा उप महानगरपालिकाको अध्यक्षमा दीपक अधिकारी चयन हुनु भएको छ । सह–अध्यक्षमा हेमलाल घिमिरे र सचिवमा अमित बन्जारा चयन हुनुभएको छ । यसैगरी मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा लिलानाथ ढुङ्गेल, सह–अध्यक्षमा होम बहादुर नेपाली र सचिबमा भवनाथ गौतम चयन हुनुभएको छ । वागमती गाउँपालिकाको अध्यक्षमा वसन्त राई, सह–अध्यक्षमा उमा थापा र सचिवमा विजय गोले चयन हुनुभएको छ । थाहा नगरपालिकाको अध्यक्षमा राजाराम कार्की, सह–अध्यक्ष महेन्द्र प्रधान र सचिव गणेशमान श्रेष्ठ चयन हुनुभएको छ । मनहरी गाउँपालिकाको अध्यक्षमा नमराज डोटेल, सह–अध्यक्षमा ऋषिराम देवकोटा र सचिवमा माधव गौतम चयन हुनुभएको छ । कैलाश गाउँपालिकाको अध्यक्षमा राजेन्द्र शिवाकोटी, सह–अध्यक्षमा विवैलाल पाख्रिन र सचिवमा रामलाल घलान चयन हुनुभएको छ । 

भीमफेदीको अध्यक्षमा काजीप्रसाद फुयाँल, सह–अध्यक्ष मिन स्याङ्तान, र सचिव केदारप्रसाद तिमल्सिना, राक्सिराङको अध्यक्षमा मिथुन रुम्बा, सह–अध्यक्षमा सुरज लोप्चन र सचिवमा सीताराम सुवेदी चयन हुनुभएको छ भने इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा सहदेव रिमाल, सह–अध्यक्षमा शेखर कार्की र सचिबमा उज्ज्वल रिमाल चयन हुनुभएको छ । बकैया गाउँपालिकाको अध्यक्षमा सुरज लोप्चन चयन हुनु भएको छ । नेकपा निकटका बकैयाका शिक्षक संगठनहरूले कार्यक्रम बहिष्कार गरेर हिँडेपछि शिक्षक संघका सुरज लोप्चनमात्र अध्यक्षमा चयन गरिएको हो ।

शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जिधराज ढकालको अध्यक्षता तथा महासंघका संघीय महासमिति सदस्य छोटेलालप्रसाद साहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा राष्ट्रिय शिक्षक संगठनकी केन्द्रीय सदस्य पद्मा पौडेल, शिक्षक संघ ३ नम्बर प्रदेशका वरिष्ट उपाध्यक्ष दीपकलाल खतिवडा, राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय परिषद् सदस्य रमेशप्रसाद लामिछाने, शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल, शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारी, शिक्षक युनियनका पूर्व अध्यक्ष मोहनप्रसाद शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।









ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11972465 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top