20 Sep 2019   |   
logo
शिक्षा

विद्यालयमा डेंगु सचेतना कार्यक्रम



शिक्षा   21 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र १ आइतवार  
हेटौंडाः हेटौंडा–९ स्थित प्रगति माविमा आज डेंगु रोगसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ तथा नेपाल नर्सिङ संघ मकवानपुरको आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नर्सिङ संघ मकवानपुरकी अध्यक्ष निर्मला भ्लोन, र उपाध्यक्ष गङ्गा दाहालले डेंगु रोगसम्बन्धी जानकारी गराउनु भएको थियो ।

विद्यालयमा डेंगु सचेतना कार्यक्रम


डेंगु रोगको कारण, यसका लक्षण तथा बच्ने उपायका सम्बन्धमा नर्स गङ्गा दाहालले जानकारी गराउनुका साथै विद्यार्थी तथा अभिभावकहरूको जिज्ञासाको जवाफ दिनु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुमणि अधिकारीको अध्यक्षता तथा ९ नम्बर वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा टोल विकास ९ नम्बर वडा समन्वयका अध्यक्ष यदुवंश खतिवडा, शिक्षक अभिभावक संघका अध्यक्ष ओमप्रकाश बाबु मल्ल, प्रधानाध्यापक निरन्जप्रसाद ढकाललगायले मन्तव्य व्यक्त गर्नुभएको थियो ।









ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11971098 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top