25 Feb 2020   |   
logo
साहित्य

झरनाको साहित्य श्रृंखला



साहित्य   2392 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र १ आइतवार  
हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरको २४१ औं साहित्य श्रृंखलाका अवसरमा बकैया गाउँपालिकाको छतिवनस्थित महेन्द्र माविमा रचना वाचन तथा अन्तरक्रिया भएको छ ।



कृष्णप्रसाद चौलागाईको प्रमुख आतिथ्यता तथा बकैया–४ का वडाध्यक्ष राजन दंगालको विशिष्ट आतिथ्यतामा शनिबार भएको कार्यक्रममा झरनाका सल्लाहकार जनार्दन खनाल, नारायण तिमल्सिना, चिरञ्जीवी लामिछाने, गायत्री रुपाखेती, मञ्जु दाहाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानीय विद्यार्थीले रचना वाचन गरेका थिए । अन्तरक्रियात्मक कार्यक्रम अन्तर्गत झरनाले आगामी दिनमा आफ्ना गतिविधिलाई कसरी प्रभावकारी रुपमा अगाडि बढाउने भन्ने विषयमा छलफल समेत गरिएको थियो । कार्यक्रम झरनाका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको थियो ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28130889 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top