12 Dec 2019   |   
logo
समाज

भदौ २ गते हेटौंडामा गाइजात्रा



समाज   27 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः मकवानपुरका लायन्स तथा लियो क्लबहरुले संयुक्त आयोजनामा आगामी भदौ २ गते हाँस्यव्यंग्यको कार्यक्रम गाईजात्रा आयोजना हुने भएको छ । हाँस्यकलाकारको एक समूहले गाईजात्रा कार्यक्रम प्रस्तुत गर्नेछन् । लायन्स क्लब अफ हेटौंडा नारायणी मलको अगुवाईमा मकवानपुरका सबै लायन्स तथा लियो क्लबहरुले संयुक्त रुपमा कार्यक्रमको आयोजना गर्न लागेको आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।



 लायन्स क्लब अफ हेटौंडा नारायणी मलका अध्यक्ष अञ्जन दाहालको संयोजकत्वमा कार्यक्रम हुन लागेको हो । सामाजिक सेवाको क्षेत्रमा क्रियाशील लायन्सहरुले हाँस्यकार्यक्रमको आयोजना गरेर भीमफेदीस्थित कारागारमा शैक्षिक सामग्री सहयोग गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा लायन्स क्लबका सेकेण्ड भाईस डिष्ट्रिक्ट गभर्नर शम्भु नकर्मी, एरिया को–चिफ टासी डोल्मा तुम्बाहाम्फे, रिजन चेयरपर्सन अंकिता सुमार्गीको पनि उपस्थिति रहेको थियो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


19196122 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top