21 Aug 2019   |   
logo
समाज

पहिलो दिनमै १२ जनाले कपडा लगे



समाज   12 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः लायन्स तथा लियो क्लबहरुको अग्रसरतामा शनिबार हेटौंडामा खुलेको कपडा बैंकबाट पहिलो दिनमै १२ जनाले कपडा लगेका छन् । कपडा बैंक खुलेको पहिलो दिन नै १२ जनाले कपडा लगेका छन् भने दोस्रो दिन पनि कपडा लिन सर्वसाधारण आएका छन् । दोस्रो दिन आइतबार प्रिती श्रेष्ठ र एलिसा रसाईलीले २ बोरा कपडा कपडा बैंकमा ल्याइदिएका छन् ।

पहिलो दिनमै १२ जनाले कपडा लगे


आइतबार कपडा लिन आएका एक व्यक्तिलाई कपडा हस्तान्तरण गरिँदै ।

हेटौंडा एकेडेमीले पनि ५ काटुन लुगा उपलब्ध गराएको छ । कपडा बैंक हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहने बताइएको छ । कपडा बैंकको व्यवस्थापनका लागि चन्द्रकला दाहालले सहयोग गरिरहनुभएको छ । कपडा बैंकमा कपडा लिन आउनेले स्वेच्छिक रुपमा आर्थिक सहयोग पनि गर्ने गरेका छन् । सहयोग बाकस नै राखेर स्वेच्छिक रुपमा सहयोग संकलन गरिएको र त्यसरी संकलन हुने सहयोग रकमबाट कपडा बैंकको व्यवस्थापन गरिने बताइएको छ । 










सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


7366237 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top