17 Oct 2019   |   
logo
शिक्षा

नियुक्ति लिन आएका शिक्षक फिर्ता



शिक्षा   209 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः शिक्षकसेवा आयोगले लिएको स्थायी शिक्षकको परीक्षा उत्तीर्ण गरी मकवानपुर जिल्लामा सिफारिस भएका दुईजना मावि तहका शिक्षकलाई शिक्षा विकास तथा समन्वय इकाईले फिर्ता पठाएको छ । शिक्षकसेवा आयोगले लिएको लिखित तथा मौखिक परीक्षामा मध्यमाञ्चल विकास क्षेत्रबाट उत्तीर्ण भई स्थायी नियुक्तिका लागि मकवानपुर जिल्लामा सिफारिस भई आएका गणित विषयका एकजना र समाजिक विषयका एकजना शिक्षकलाई नियुक्तिपत्र नदिइएपछि शिक्षा विभागमा फिर्ता भएका छन् ।



२०७५ सालको शिक्षकसेवा आयोगले लिएको परीक्षामा मकवानपुर जिल्लाका लागि गणित र विज्ञान विषयका लागि एक-एक जना शिक्षकका लागि रिक्त दरबन्दी देखाएर विज्ञापनका लागि शिक्षक सेवा आयोगलाई जानकारी गराएको तर आयोगले दुई जना शिक्षक जिल्लामा सिफारिस गरी पठाएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख लिलानाथ गौतमले बताउनुभयो । मकवानपुरमा गणित र सामाजिक विषयका लागि एक-एक वटा दरबन्दीमात्र खाली रहेकोले योग्यताक्रम अनुसार एक-एक जनालाई मात्र नियुक्तिपत्र दिएको बाँकी एक-एक जनालाई नियुक्ति दिन नसकिएको उहाँले बताउनुभयो । नियुक्तिपत्र पाउन नसकेका गणित विषयका शिक्षक सविना वाईबा र सामाजिक विषयको शिक्षक सरस्वती अधिकारीलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन महाशाखामा सम्पर्क गर्न पठाइएको छ । शिक्षक व्यवस्थापन महाशाखामा बुझ्न जाँदा जिल्लामा सिफारिस भइसकेकोेले उतै सम्पर्क राख्न भनेको तर जिल्लामा आउँदा दरबन्दी रिक्त नरहेकोले नियुक्तिपत्र दिन नसक्ने बताएकोले समस्यामा परेको शिक्षक सविना वाइबाले बताउनुभयो ।

यसैबीच शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले मकवानपुर जिल्लामा सिफारिस भई आएका ८ जना मावि शिक्षकलाई शुक्रबार नियुक्तिपत्र प्रदान गरेको छ । नेपाली विषयका दुईजना, अङ्ग्रेजीका दुईजना, विज्ञानका दुईजना र सामाजिक तथा गणित विषयका दुईजना शिक्षकलाई स्थायी नियुक्तिपत्र दिई विद्यालयमा पठाएको छ । अङ्ग्रेजी विषयमा ३ जना सिफारिस भई आए पनि एकजनाले निवेदन दिन नआएकाले शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख गौतमले बताउनुभयो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


15019272 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top