21 Aug 2019   |   
logo
समाज

प्रगति र मकवानपुर नमूना सहकारीको एकीकृत सेवा शुरु



समाज   11 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः मकवानपुर नमूना बचत तथा ऋण सहकारी संस्था लिमिटेड र प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेड एकीकरण भएर शुक्रबारदेखि औपचारिक रुपमा एकीकृत कारोबार शुरु गरेको छ । करिब तीन वर्षको प्रयास सफल भएपछि शुक्रबारबाट औपचारिक रुपमा एकीकृत सेवा शुरु गरिएको हो । मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष बद्रिप्रसाद लम्सालको प्रमुख आतिथ्यतामा एक समारोहका बीच सहकारी एकीकरण भई कारोबार शुरु भएको घोषणा गरिएको थियो ।

प्रगति र मकवानपुर नमूना सहकारीको एकीकृत सेवा शुरु


मामाघर नेपालका संरक्षक अर्पण पराजुलीलाई सहयोग रकमको चेक हस्तान्तरण गरिँदै ।

एकीकरणपछि संस्थाको नाम मकवानपुर नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेड राखिएको छ । सहकारीको २२ औं स्थापना दिवसको अवसरमा एकीकृत सेवा शुभारम्भ गर्दै हेटौंडास्थित मामाघर नेपाललाई ११ हजार १ सय ११ रुपैयाँ सहयोग समेत गरिएको छ । एकीकरणपछि सहकारीको सेयर सदस्य २ हजार २ सय ६९ जना पुगेको छ । एकीकरणपछि सहकारीको सेयर पु“जी २ करोड ३६ लाख २३ हजार रुपैयाँ, बचत १७ करोड १८ लाख ८५ हजार रुपैयाँ र ऋण लगानी २१ करोड ४२ लाख ५९ हजार रुपैयाँ पुगेको सहकारीका अध्यक्ष मीठाराम दाहालले जानकारी दिनुभयो । हेटौंडा–२, पुरानो मकवानपुररोडमा सहकारीको आफ्नै भवन समेत छ ।

यसअघि मकवानपुर नमूना सहकारीमा विभूति सहकारी गाभिएको थियो । एकै प्रकृतिका सहकारीहरु एकीकरण गरेर सेयर सदस्यको हितमा प्रभावकारी काम गर्नुपर्ने बताइँदै आएको छ । मकवानपुर नमूना प्रगतिले १५ लाख रुपैयाँसम्म ऋण लगानी गर्दै आएको छ । कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष मुकुन्दप्रसाद दाहाल, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडकी अध्यक्ष राधा सिन्तान, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष बासुदेव अधिकारी लगायतको उपस्थिति रहेको थियो ।










सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


7363388 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top