14 Oct 2019   |   
logo
खेलकुद / मनोरञ्जन

केशवलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिबल उपाधि थाहानगर खेलकुदलाई



खेलकुद / मनोरञ्जन   130 पटक पढिएको   समाज संवाददाता   २०७६ असोज ५ आइतवार  
हटियाः स्व. केशवलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि थाहानगर खेलकुद विकास समितिले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा थाहा नगर खेलकुद विकास समितिले थाहा नगरपालिका बज्रबाराहिलाई हराउँदै उपाधि चुमेको छ । थाहानगर खेलकुद विकास समितिले थाहा नगरपालिका बज्रबाराहिलाई २५—२३, २५—२१ र २६—२४ को सोझो सेटमा हराएको हो । उपाधीसँगै थाहा नगरले ले ८० हजार नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

केशवलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिबल उपाधि थाहानगर खेलकुदलाई


उपविजेता थाहा नगर बज्रबाराहिले ४० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उनीहरुलाई कांग्रेस ३ नम्बर प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाले पुरस्कार हस्तान्तर गर्नुभएको थियो । यस्तै थाहानगर खेलकुद विकास समितिका सुशील लो उत्कृष्ट सेटर, किरण गिरी उत्कृष्ट ब्लकर, स्पाइकरमा बलराम सुबेदी (थाहा नगर बज्रबाराहि), घोषित भएका छन् । उनीहरुलाई २-२ हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै थाहानगर खेलकुद विकास समितिका उत्कृष्ट कोच शंकर कार्की घोषित हुनुभयो । थाहानगर खेलकुद विकास समितिका सविन कार्की सर्वोत्कृष्ट खेलाडी घोषित भई ५ हजार प्राप्त गरेका छन् ।

स्व। पदम कुमारी राउत स्मृति ट्रष्टले नगद ७ हजार रुपैयाँसहित नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश समितिका अध्यक्ष प्रताप बिष्टलाई सम्मान गरेको छ । असोज १ गतेदेखि सुरु भएको प्रतियोगितामा १३ वटा टिमको सहभागिता जनाएका थिए ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14808576 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top