14 Oct 2019   |   
logo
खेलकुद / मनोरञ्जन

हटिया एकेडेमी विजयी



खेलकुद / मनोरञ्जन   42 पटक पढिएको   समाज संवाददाता   २०७६ असोज ४ शनिवार  
हेटौंडाः हेटौंडामा जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार हटिया स्पोर्टस् एकेडेमी विजयी भएको छ । हटियाले इन्टरनेट सिटीसँग प्रतिस्पर्धा गरेको थियो । हटियाले ५–२ गोलअन्तरले इन्टरनेट सिटीलाई पराजित गरेको हो ।

हटिया एकेडेमी विजयी


म्यान अफ द म्याच हटियाका विमल घलान भए । उनले ३ र २२ औं मिनेटमा एक-एक गोल गरेका थिए । यस्तै हटियाका आर्जुन घलान, आयर घलानले १ गोल गरे भने १ गोल इन्टरनेटका सुदीप सापकोटाले आत्मघाती गोल गरेका छन् । यता इन्टरनेटका चन्द्र नेगी र मनिष घलानले क्रमशः १७ औं र १९ औं मिनेटमा एक-एक गोल गरेतापनि हारबाट बच्न सकेन । शुक्रबार नै भएको दोस्रो खेल बराबरीमा सकिएको छ । हााडीखोला र परेली युवा क्लबको खेल गोलविहिन बराबरीमा टुङगिएको हो । म्यान अफ द म्याच परेली युवा क्लबको प्रवेश थोकर घोषित भए  ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14807236 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top