20 Sep 2019   |   
logo
खेलकुद / मनोरञ्जन

शहीद स्मृतिको दोस्रो जीत



खेलकुद / मनोरञ्जन   66 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २३ सोमवार  
हेटौंडाः हेटौंडामा जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान भएको खेलमा शहीद स्मृति क्लब विजयी भएको छ । समूह चरणमा आफ्नो दोस्रो खेलमा पनि जीत दर्ता गर्दै शहीद स्मृतिले महत्वपूर्ण ६ अंक जोडेको छ । समूहमा शहीद स्मृति शीर्षस्थानमा रहन सफल भएको छ ।

शहीद स्मृतिको दोस्रो जीत


आज बिहान भएको खेलमा शहीद स्मृतिले महावीर क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो । शहीद स्मृतिका लागि म्यान अफ द म्याच बाबुराम माझीले चौथो र १६ औं मिनेटमा २ गोल गरे भने कृष्ण रुम्बाले २० औं मिनेटमा गोल गर्दै टिमलाई ३–० को स्थितिमा पुर्याए । आज दिउँसो २ वटा खेल हुनेछ । आज  दिउँसो  पहिलो खेल मदन भण्डारी स्पोर्टस् एकेडेमीविरुद्ध हेटौंडा भेट्रान्स र एफसी ईन्टरनेटविरुद्ध प्रगतिशील युवा क्लबबीच खेल हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।








ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11972104 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top