20 Sep 2019   |   
logo
खेलकुद / मनोरञ्जन

आज बिहानको दुबै खेलमा बराबरी



खेलकुद / मनोरञ्जन   26 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २२ आइतवार  
हेटौंडाः हेटौंडाको हुप्राचौरमा जारी दानबहादुर स्मृति जिल्ला लिग फुटबल प्रतियोेगिताअन्तर्गत आज बिहान भएको दुबै खेलमा बराबरी भएको छ । पूर्वनिर्धारित तालिकाअनुसार आज बिहान भएको पहिलो खेलमा हाँडीखोला युवा क्लब र हटिया स्पोर्टस् एकेडेमीबीचको खेल बराबरी भएको छ । हटिया र हाँडीखोलाको खेल १–१ को बराबरीमा सकिएको हो ।

आज बिहानको दुबै खेलमा बराबरी


खेलको १२ औं मिनेटमै गोल गरेको हटियाले अग्रता जोगाउन सकेन । हटियाका लागि विमल घलानले गोल गरेका थिए । हाँडीखोलाका शुलभ बुढाथोकीले ४७ औं मिनेटमा बराबरी गोल गरे । म्यान अफ द म्याच हटियाका विमल घलान घोषित भए । शनिबार वर्षाका कारण प्रभावित भएर स्थगित भएको विजय युथ क्लब र सक्षम युवा क्लबबीचको खेल पनि आजै बिहान भएको हो । शनिबार ढिलो गरी खेल शुरु हुनु र भारी वर्षासँगै १२ औं मिनेटको खेल चलिरहँदा खेल सञ्चालन नै गर्न नसकिने भएपछि रोकिएको खेल आज बिहान भएको हो । आज बिहान भएको खेल १–१ को बराबरीमा सकिएको छ । सक्षम युवा क्लब १–० गोलअन्तरले अगाडि रहेको बेला प्रभावित खेल भएको थियो । सक्षमका लागि बुद्ध थिङले गोल गरेका हुन् । आज बिहान भएको खेलको अन्तिम समयमा विजय युथका लागि सुरज विष्टले ५९ औं मिनेटमा गोल गर्दै जीत दर्ता गरेको हो ।

यसैगरी आज दिउँसो आर।आर। एफसीविरुद्ध निब्टा क्लब र एफसी पोतालाविरुद्ध एफसी नामटारबीच खेल हुनेछ ।








ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11969911 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top