20 Sep 2019   |   
logo
खेलकुद / मनोरञ्जन

क्रिकेटको प्रदेश समिति गठन आईसीसी निलम्बन फुकुवाको चासो



खेलकुद / मनोरञ्जन   37 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २२ आइतवार  
हेटौंडाः ३ नम्बर प्रादेशिक क्रिकेट संघको अध्यक्षमा काठमाडौंका राजु बस्नेत चयन हुनुभएको छ । ३ नम्बर प्रदेश क्रिकेट संघको विशेष साधारण सभाले शनिबार १३ सदस्यको नयाँ प्रादेशिक कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा मकवानपुरका प्रेम बहादुर क्षेत्री, सचिवमा नुवाकोटका दुर्गाराज पाठक, कोषाध्यक्षमा चितवनका अनिल अधिकारी, सदस्यहरुमा काठमाडौंका महेश्वरी डंगोल र अजयवीर पाण्डे, भक्तपुरका रुपक रञ्जित, ललितपुरका सुजन महर्जन, मकवानपुरका राजु गुप्ता, चितवनका उमेश पिया र नुवाकोटका प्रज्वल सापकोटा चयन हुनुभएको छ ।



शनिबार बसेको विशेष साधारणसभाले अध्यक्ष, सचिव र कोषाध्यक्ष पदको लागि निर्वाचन गरेको थियो । त्यस्तै नुवाकोट, मकवानपुर र चितवनका ३ सदस्यमा पनि निर्वाचनबाट पदाधिकारी चयन गरेको छ । अन्य ६ प्रदेशमा कार्यसमिति निर्माण गरेर अन्तिममा क्रिकेट संघले ३ नम्बर प्रदेशको नेतृत्व चयन गरेको हो । विशेष साधारणसभको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथी नेपाली कांग्रेसका ३ नम्बर प्रदेशको संसदीय दलका नेता इन्द्रबहादर बानियाँले राजनीति गर्ने नीति र विधि बनाएपछि त्यसमा हिँड्न दिनुपर्ने बताउनुभयो । नेपाली क्रिकेटमा संघ लाग्ने जुनसुकै व्यक्ति भएपनि संस्था भित्र राजनीति गर्न नहुने बताउनुभयो । विश्वमा फुटबलपछि क्रिकेट झनै लोकप्रिय भएको अवस्थामा आन्तरिक किचलो हु“दा नेपाली क्रिकेटमा पछि परिरहेको उहाँको भनाइ छ ।

कार्यक्रममा नेपाल क्रिकेट संघका वर्तमान अध्यक्ष चतुरबहादुर चन्दले पनि क्रिकेट क्षेत्रलाई अगाडि बढाउन दिगो रुपले सोच्नुपर्ने धारणा व्यक्त गर्नुभयो । आइसीसीले प्रतिबन्ध गरेको नेपाली क्रिकेटको निलम्बन फुकवा गरी सबै क्षेत्र यसको विकासका लागि सबै मिलेर जानुपर्ने बताउनुभयो । उहाँले क्रिकेट संघमा जुन क्षेत्रको व्यक्ति आएतापनि संस्थामा राजनीति गर्न नहुने तर्क गर्नुभयो । क्रिकेटको निलम्बन फुकुवा गरी अन्तराष्ट्रिय क्षेत्रमा अगाडि बढाउन क्रिकेट संघमा युवा र क्रिकेट क्षेत्र जानेबुझेका नयाँ नेतृत्व आउनपर्नुे उहाँले बताउनुभयो । क्रिकेट संघ मकवानपुरका संस्थापक अध्यक्ष अरुणराज सुमार्गीले क्रिकेट संघमा आउने नेतृत्वले क्रिकेट क्षेत्रमा रहेको अनियमितता र भ्रष्टाचारको अन्त्य गर्नुपर्ने बताउनुभयो । ३ नम्बर प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले विश्व जगतमा क्रिकेट कसरी विश्वकपमा लैजाने सोचिरहेको बेला नेपालमा भने नेतृत्व चयन भैरहेकोमा गुनासो पोख्नुभयो । क्रिकेट संघ मकवानपुरका अध्यक्ष बासुलाल श्रेष्ठको अध्यक्षतामा भएको विशेष साधारणसभामा ३ नम्बर प्रादेशिक खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिनाको पनि सहभागिता रहेको थियो ।









ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11969862 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top