20 Sep 2019   |   
logo
खेलकुद / मनोरञ्जन

प्रतिभासँग पिप्लेको हार



खेलकुद / मनोरञ्जन   33 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २१ शनिवार  
हेटौंडाः हेटौंडामा जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बिहान भएको खेलमा प्रतिभा क्लब विजयी भएको छ । पिप्ले युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै प्रतिभा विजयी भएको हो । प्रतिभा क्लबका लागि १२ औं मिनेटमा अरुण साह र ६३ औं मिनेटमा गणेश लामाले गोल गरे ।

प्रतिभासँग पिप्लेको हार


अरुण साह म्यान अफ द म्याच घोषित भए । म्यान अफ द म्याचको ट्रफी प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले हस्तान्तरण गर्नुभयो । प्रतियोगि अन्तर्गत आज दिउँसो २ वटा खेल हुँदैछन् । दिउँसो पहिलो खेल युनाइटेड नाइन क्लबविरुद्ध द रिभाइबल क्लब तथा सक्षम युवा क्लबविरुद्ध एफसी विजय युथ क्लबबीच खेल हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघका कोषध्यक्ष एवम् प्रतियोगिताका संयोजक अमृत लुङ्वाले जानकारी दिनुभएको छ ।








ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11976058 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top