14 Dec 2019   |   
logo
खेलकुद / मनोरञ्जन

निरज श्रेष्ठको श्रद्धाञ्जली सभा



खेलकुद / मनोरञ्जन   95 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः मकवानपुर क्रिकेट संघले क्रिकेटर निरज श्रेष्ठको सम्झनामा शनिबार बिहान श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उद्योग वाणिज्य महासंघ नेपालको केन्द्रिय सदस्य अरुणराज सुमार्गी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, ३ नम्बर प्रदेश पत्रकार महासंघ नेपालका अध्यक्ष प्रताप विष्ट लगायतले स्व. क्रिकेटर निरज श्रेष्ठप्रति शोक प्रकट गरेका छन् ।

निरज श्रेष्ठको श्रद्धाञ्जली सभा


मकवानपुर जिल्लाका पूर्व कप्तान तथा मकवानपुर क्रिकेट एकेडेमीका संस्थापक संयोजक श्रेष्ठको साउन १२ गते निधन भएको थियो । उनी क्यान्सरपीडित थिए । यस्तै शनिबार बिहान हेटौंडा स्कुल अफ म्यानेजमेन्टले श्रेष्ठको परिवारलाई १ लाख ५० हजार सहयोग गरेको छ । यसअघि निरज श्रेष्ठको उपचार गर्न क्याम्पसले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । यस्तै मकवानपुर क्रिकेट संघले स्व. निरज श्रेष्ठको स्मृतिमा क्रिकेट खेलको आयोजना छिट्टै गर्ने भएको क्रिकेट संघका उपाध्यक्ष दिपेन्द्र ढकालले बताउनुभयो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


19677487 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top