17 Oct 2019   |   
logo
खेलकुद / मनोरञ्जन

त्रिवि स्नातक तह चौथो वर्षद्धारा दोस्रो वर्ष पराजित



खेलकुद / मनोरञ्जन   67 पटक पढिएको   समाज संवाददाता     
हेटौंडामा जारी फरेष्टि गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत हिजो ५ वटा खेल सम्पन्न भएका छन् । हिजो बिहान भएको पहिलो खेलमा त्रिवि स्नातक तह चौथो वर्षले र कृषि वनविज्ञान स्नातह तह दोस्रो वर्षलाई ९–० गोलअन्तरले पराजित गरेको छ ।



 सो खेलमा समिर पुन म्यान अफ म्याच भए । यसैगरी दोस्रो खेलमा त्रिवि स्नातक तह चौथो वर्षले र कृषि वनविज्ञान स्नातक तह पहिलो वर्षलाई २–० ले पराजित गर्यो । सो खेलमा सन्ध्या ढकाल प्लेयर अफ द म्याच भइन् । यस्तै त्रिवि स्नातक तह दोस्रो वर्ष र त्रिवि स्नातक तह तेस्रो वर्ष बिच भएको खेल बराबरीमा सकिएको छ । सो खेलमा अस्मीता न्यौपाने प्लेयर अफ द म्याच भएकी थिइन् । चौथो खेलमा वनविज्ञान स्नातक प्रथम वर्षलाई त्रिवि स्नातक प्रथम वर्षले पराजित गरेको छ । त्रिविले ३–० ले खेल जितेको हो ।सो खेलमा त्रिविका प्रनिल पौडेल म्यान अफ द म्याच भए । यसैगरी प्राध्यापक तथा विभागबिच भएको अन्तिम खेलमा विभाग विजयी भएको छ । विभागले ४–१ गोल अन्तरले खेल जितेको हो । सो खेलमा विभागका प्रकाश देवकोटा म्यान अफद म्याच भए । 









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


15021180 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top