12 Dec 2019   |   
logo
खेलकुद / मनोरञ्जन

निरन्जन ढुंगाना स्मृति फुटबल, बिहिबार ५ खेल सम्पन्न



खेलकुद / मनोरञ्जन   93 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः हेटौंडामा जारी फरेष्ट्रि गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बिहिबार ५ खेलहरू भएका छन् । बिहिबार बिहान त्रिवि स्नातक तह तेस्रो वर्ष र कृषि वनविज्ञान स्नातक तह पहिलो वर्ष बीच भएको खेल बराबरीमा सकिएको छ । पुरुषतर्फ भएको सो खेलमा दुबै टोलीले २–२ गोल गरेका थिए । सो खेलमा वनविज्ञानका विनय खरेल म्यान अफ द म्याच भए ।



पुरुषतर्फको अर्को खेलमा त्रिभुवन विश्वविद्यालय स्नातक तह दोस्रो वर्षले कृषि वनविज्ञानको स्नातक तह चौथो वर्षलाई ४–१ गोलअन्तरले पराजित गरेको छ । सो खेलमा त्रिविका सञ्जय दराई म्यान अफ द म्याच भए । यस्तै महिलातर्फको पहिलो खेलमा कृषि वनविज्ञान स्नातक तह प्रथम वर्षले त्रिवि स्नातक प्रथम वर्षलाई २–० गोलअन्तरले पराजित गरेको छ । सो खेलमा वनविज्ञानकी लक्ष्मी खड्का प्लेयर अफ द म्याच भइन् । महिलातर्फको अर्को खेलमा वनविज्ञान स्नातक तह तेस्रो वर्षले त्रिवि स्नातक तह दोस्रो वर्षलाई ३–० गोलअन्तरले पराजित गरेको छ । सो खेलमा वनविज्ञानकी सरीता भण्डारी प्लेयर अफ द म्याच भइन् । आयोजक स्नातक तह दोस्रो वर्ष र त्रिवि पहिलोवर्ष बीच भएको खेल गोलहित बराबरीमा सकिएको आयोजकले जनाएको छ ।

निरन्जन ढुंगाना स्मृति फरेष्ट्री गोल्डकप फुटबल प्रतियोगितामा १० वटा पुरुष टिम र ७ वटा महिला टीमको सहभागिता रहको छ । महिला फुटबल ९ ए साइड हुनेछ । वनविज्ञान विषयका प्राध्यापक निरन्जन ढुंगानाको दुर्घटनामा परी निधन भएपछि विद्यार्थीले प्राध्यापकको स्मृतिमा फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । पुरुषतर्फ विजेताले २० हजार १ सय १ रुपैयाँ र उपविजेताले १२ हजार १ सय १ रुपैयाँ नगद प्राप्त गर्नेछ । यस्तै महिलातर्फ विजेताले १२ हजार १ सय १ रुपैयाँ र उपविजेताले ८ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछ । लिगकम नकआउट प्रणालीमा प्रतियोगिता आयोजना गरिने बताइएको छ । प्रतियोगितामा हेटौंडास्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय र त्रिभूवन विश्वविद्यालय दुबै क्याम्पसका विद्यार्थीको सहभागिता रहेको छ । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, डिफेन्स, फरवार्ड, मिडफिल्डरलाई पनि ट्रफी प्रदान गरिनेछ । प्राध्यापक तथा कर्मचारीबीच पनि मैत्रीपूर्ण खेलको आयोजना गरिने छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


19200129 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top