12 Dec 2019   |   
logo
मनोरञ्जन

लोक तथा दोहोरीको अधिवेशन



मनोरञ्जन   577 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति मकवानपुरको सातौं अधिवेशन तथा १७ औं वार्षिक साधारणसभा साउन ३२ गते हुने भएको छ । नयाँ नेतृत्व समेत चयन गर्ने गरी हेटौंडास्थित पल्पसा सभागृहमा अधिवेशन हुने आइतबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।



प्रतिष्ठानका केन्द्रीय अध्यक्ष लोकदोहोरी गायक बद्रि पंगेनीको प्रमुख आतिथ्यतामा आयोजना हुने अधिवेशनमा लोक तथा दोहोरी गायकहरु पशुपति शर्मा, राधिका धिमाल, शिव हमाल, कृष्ण रैलेको उपस्थिति रहने बताइएको छ । मकवानपुरमा लोक तथा दोहोरी गीत प्रतिष्ठानमा ६ सय भन्दा बढी सदस्य रहेको प्रतिष्ठानका मकवानपुर जिल्ला अध्यक्ष राजन बोगटीले जानकारी दिनुभयो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


19198948 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top