20 Feb 2020   |   
logo
साहित्य

विज्ञान



साहित्य   1516 पटक पढिएको   रेजिना उप्रेति   २०७६ असोज ४ शनिवार  

 विज्ञान


नामः रेजिना उप्रेति, कक्षाः ८ (अन्नपुर्ण), विद्यालयः बालजागृती इंलिस सेकेन्डरी स्कुल

किन विज्ञानलाई अभिसाप भन्नु

जबकी यसैले नयाँ संसार चिनाएको छ

किन गालि गर्नु विज्ञानलाई जबकि

यसैले हरेक चिज सम्भव बनाएको छ


विज्ञान भनेको नयाँ युग हो

यसैले देखाएको नयाँ संसारलाई

यो त देवता हो

जसले चिनायो अदृश्य शक्तिहरुलाई


विज्ञान नै शन्ति हो निर्माणको

कारण हो विनाश यसको गलत प्रयोगको

यसैले मानव जीवन सहज बनाय

यसैले यो संसार यति सुन्दर बनायो


किन गाली गर्नुहुन्छ विज्ञानलाई

यसैले तपाईलाई नयाँ संसार देखायो

भनिदियो गर्नसक्ने केहि छैन यस

पृथ्वीमा भएका अदृश्य शक्तिहरुलाई


विज्ञानले नै दिएको छ यो

संसार ध्वस्त पार्ने शत्रु

विज्ञानलाई राम्रो भन्ने अनि

माया गर्ने छन सबैका पुत्र










सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


27851005 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top