25 Feb 2020   |   
logo
साहित्य

मुक्तक



साहित्य   495 पटक पढिएको   रबिन दाहाल   २०७६ असोज ४ शनिवार  

मुक्तक


नामः रबिन दाहाल, विद्यालयः बालजागृती इंलिस सेकेन्डरी स्कुल,कक्षाः १० (धौलागिरी)

तिमी जस्ता झुट्टा कति छन् कति

नागिन जस्ता डस्ने कति छन् कति

धेरै नरिसाउ साथी

आकाशमा तारा कति छन् कति ?


सपना देखाएर हराइजाने कति छन् कति

निराशको बोटमा झुन्डाइजाने कति छन कति

भुमरीमा अल्झाएर राखे भनि मख्ख नपर्नु

साथ छाडेर आश देखाउने कति छन कति ?


सक्छौ भने तस्विर कसेर राख

आफ्ना मन मष्तिक पवित्र राख

फोहोर त कति देखिन्छ

तर सफा गरेर राख


जेरी भन्दा घुमरुकेको तिम्रो कपाल देखेँ

घर जाँदा तिम्रो पछाडि जमघट देखेँ

दुःख गरि काम गर्छौ रे तिमी

फलाम काटेको मैले देखेँ


सक्छौ समस्या समाधान गरेर जाउ

सक्दैनौ दुःख स्मरण गरेर जाउ

केहि सिप छैन चुपचाप बस

तर त्यो घाउमा नुन खुर्सानी छरेर नजाउ


गिज्याएर झुटो आश देखाउने कति छन कति

कन्जुसिया बानी देखाउने कति छन कति

एक तिर हेछौं अर्को तिर ताक्छौं

तिमी जस्तो कलाकार कति छन कति ?


नेपाली भोग मेट्न गारो छ यहाँ

दरबार सजिएको छ नेपालीको पसिनाले त्यहाँ

नभुल ति विर गोरर्खालीका गाथा

तिनका रगतले अडेका हामी छौं यहाँ










सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28136604 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top