20 Sep 2019   |   
logo
साहित्य

गजल



साहित्य   63 पटक पढिएको   सुदर्शन सापकोटा   २०७६ भाद्र २२ आइतवार  



बेहोसीमा छटपटाउँदै तिम्रो घर धाइएछ

खुशी सबै सुम्पिदिंदा चोट मात्रै पाइएछ ।

दुःख दिने मन थिएन नियति नै त्यस्तै पर्यो

नशामा लरबराउँदा तिमीलाई पो सताइएछ ।


एक्लै बाँच्ने कोसिसमा छु हात कसैको परेन

कालो रातमा मुटु पोल्दा साथ तिम्रो चाहिएछ ।

चारै दिशा अँध्यरा छन् समाउँनु पो केलाई हो

विश्वासघाती र निष्ठुरीको मायाजालमा छाइएछ ।


धेरै पहाड र क्षितिजहरु पारगरे भन्दै थिएँ

सायद पृथ्वी गोलोरैछ पुरानै ठाउँमा आइएछ ।


 









सम्बन्धित शिर्षक समाचारहरु
सम्बन्धित शिर्षक समाचारहरु

रियाको कोसिस

माया

गजल

सुवासको एकल कविता वाचन

ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11969832 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top