24 Feb 2020   |   
logo
साहित्य

सुवासको एकल कविता वाचन



साहित्य   1014 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २२ आइतवार  
हेटौंडाः झरना साहित्यिक परिवारको २४२ औं साहित्य सृङखलाको अवसरमा शनिबार कवि सुवास खनालको एकल कविता वाचन कार्यक्रमको आयोजना गरेको छ । झरना साहित्यिक परिवारका अध्यक्ष दिपक गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कवि सुवास खनालले ३ चरणमा १३ वटा कविता वाचन गर्नुभएको थियो ।

सुवासको एकल कविता वाचन


खनालले पहिलो चरणमा ‘लाल बहादुरको किड्नी बिक्रिमा छ’, ‘सिंगो आकास’, ‘छुचुन्द्रोको सहर’ र ‘दुर्घटनापछि’ गरी चारवटा कविता वाचन गर्नु भएको थियो । यि चारवटा कवितामा साहित्यकार तथा प्राध्यापक निरा शर्माले समिक्षा गर्नुभएको थियो । उहाँले कवि खनाललाई मकवानपुरे साहित्यका सशक्त युवा कविको उपनाम दिँदै कविताहरु मौलिक, शासक वर्गलाई व्याङ्ग्य गर्ने, वर्तमान समाजको जल्दोबल्दो समस्याको उठान गरिएको उल्लेख गर्नुभयो ।

कवि खनालले दोस्रो चरणमा ‘आतङ्कवाद’, ‘बञ्चित सपना’, ‘भोक र सपना’, ‘राहत’ र ‘वजनको वजन’ शीर्षकका कविता वाचन गर्नुभएको थियो । जुन कविताहरुमा प्राध्यापक घनश्याम घिमिरेले समिक्षा गर्दै कवि खनाललाई बोधशाली कविको रुपमा चिन्न सकिने बताउनुभएको थियो । घिमिरेले कवि खनालको कविताहरु विचारको दृष्टिकोणले स्पष्ट, नवमाक्र्सवादबाट प्रभावित, समस्यालाई चित्रण गरिएको, सोशित पीडितको आवाज बोल्ने प्रगतिशील कवि भन्दै कवितामा ‘बिम्ब र प्रतिक नयाँ र सहि ढङ्गले प्रयोग भएको बताउनुभएको थियो । कवि सुवास खनालले तेस्रो तथा अन्तिम चरणमा ‘चिन्तनको पिनास’, ‘घरमारा’, ‘जाजरकोट’ र ‘जो जन्मिएन’ शीर्षकका कविताहरु वाचन गर्नुभएको थियो । अन्तिम चरणको कविताहरुको समिक्षा साहित्यकार निमेष निखिलले गर्नुभएको थियो । निखिलले गहिरो जिवन दर्शन बोकेको, बिद्रोही र व्याङग्यात्माभाव भएको कवितामा प्रगतिशील वैचारिकता भित्र प्रयोगशील भाव र समकालिन चेतना रहेको समीक्षा गर्नुभएको थियो । कार्यक्रममा झरना साहित्यका संस्थापक रमेश मोहन अधिकारीले कवि सुवास खनालको व्यक्तिगत, पारिवारिक र कविताहरुको बारेमा धारणा राख्नुभएको थियो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28001923 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top