24 Feb 2020   |   
logo
साहित्य

दुःखीको जीवन लिला



साहित्य   1005 पटक पढिएको   माधव भण्डार ‘रश्मि’   २०७६ भाद्र २१ शनिवार  

 दुःखीको जीवन लिला


दुःखीको साहारा दिने

दयालु बरु भेटिने

बगेकोे आँशुु रोक्ने

सीपको दक्ष बनाउँने ।।


इट्टाको चौका लगाएर

बोराको झिक्रा झिकेर

आगो बालेपछि त्यहाँ

ताउ राखी रोटी पकाए ।।


टिसियनको सडकमा

यस्तो दृश्य मैले देखेँ

पति—पत्नी दुवैजना

स्वाद लिदैँ रोटी खाँए ।।।


एकजना ट्रक मुनी बसी

चार बच्चा छन् वरिपरी

अचार सँग रोटी चोपी

खाइरहेछन् कठै बरी ।।।


घर खेत छदैँ छैन

परिवार सहित घुम्छन्

खुला चौर भेटे भने

प्लाष्टिक पाल हाली बस्छन् ।।।


घर — घरमा डुली मागी

दिनको छाक टार्नेछन्

कसैले दिएन भने त

दिनभरी भोकै रहन्छन् ।।।


रोहिया जात यी हुन्

भारत छिरी आएका हुन्

यी नागरिक कहाँका हुन्

खुल्ला राष्ट्र ठानी डुल्छन् ।।।


 श्रमजिवी कामलाई

 श्रमिक हुन् तीनलाई

 खोलानाला सफा गर्न

काम गर्छन सफा भई ।।।


चलेको दर ठेढ ज्याला

दियो भने खान पाउँछन्

तीनले गरेको कामको

रेखदेख कोनै छन् ।।।


गरीब दुःखीलाई नाङ्गालाई

हेर्ने शासक भेटिएन

मानवले मानवलाई

हेला गर्छन् हेर्दै हेरेनन्


मै खाउँ मै लाउँ

सुख मोज आफैँ गरौँ

गरीब दुःखी भोकालाई

हेर्ने अब विश्वास नगरौँ ।।।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28006327 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top