21 Aug 2019   |   
logo
साहित्य

म आजको मान्छे (कविता)



साहित्य   138 पटक पढिएको   रोजिना अधिकारी     

म आजको मान्छे (कविता)


सोँच्छु आज एक सर्वश्रेष्ठ प्राणी हुँ

मेरा यी विवेकशीलता र सृजनशीलता नै

मेरा सफलता हुन्

तर चस्स मन कतै किन बिझाउँछ

अनि आफनै मनलाई प्रश्न गर्छु

कतै मेरा यी घमण्डले

हाम्रो अस्तित्व त घटेको हैन ?


अनि सोच्छु एकोहोरिएर

मेरा साथीभाईहरुका सफलता देखेर लोभिन्छ

अनि खुट्टा तान्न मेरा हातहरु

आफै लम्किन्छ किन ।

मेरा स्वार्थका इखले नै

सफलताको शिखरमा पुर्याउँछन् भन्ने ठान्छु

अनि मनको कुना बाट प्रश्न आँउछ कतै

यी कुराले म समाजबाट टाढिएको त होइन ?


जब सडकको कुनामा

एउटा बालकको आँखाबाट

बलिन्द्रा धारा आँसु झरेको देख्छु

मनमा सहयोग गर्ने भाव

पलाएर त आँउछ

तर फेरी सोच्छु

के मैले गरेको सहयोगबाट

उ सन्तुष्ट हुन्छ  ?

एकदिेनको सहयोगले

उसको जीवनमा के नै हुन्छ र

अनि फरक्क फर्किन्छु

कतै यी आडम्बरी समाजको ज्ञानले नै

मलाई पछाडी धकेलिरहेको त छैन ?


जब बन्धनमा बाँधिएर

सबैको मान गर्न खोज्छु

सबैलाई मेरो दिलमा सजाउन खोज्छु

फेरी मन मनमा भाव आँउछ

कतै सबै मेरा मनमा अटाउन सक्छन् होला ?

अनि सबै प्रति घृणा जागेर आउँछ ।

त्यसपछि कतै सोँच्छु कि

यहि घृणाले पनि मलाई

सबैले गरिरहेका त होइन ?

अनि एक पल्ट फेरी सोच्छु

यि भावहरु ममा मात्र छन् त ?


अनि एकोहोरो पनबाट अनुभुति हुन्छ कि

स्वार्थीपनले नै मान्छेको अस्तित्व गरि रहेको छ ।।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


7368962 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top