21 Aug 2019   |   
logo
साहित्य

पुस्तक समीक्षा (मुना मदन)



साहित्य   130 पटक पढिएको   रेजा विष्ट     
वि.सं. १९६६ सालमा पण्डित तीलमाधव देवकोटा र अमर राज्यलक्ष्मी देवीका साहिला छोराको रुपमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म भएको हो । नेपाली साहित्यका लागि एक अद्वितीय प्रतिभाका धनी तथा होनाहार विद्योत्तद्वारा लिखित यस मुनामदन खण्डकाव्यमा उनले गरिब परिवारको यथार्थ चित्रण गरेका छन् । उनको यो कृति सबैभन्दा प्रख्यात कृति हो । यस कृतिमा मदनले मुख्य र महत्वपूर्ण पात्रको भूमिका निर्वाह गरेका छन् । यस पुस्तकमा एउटा सत्य घटनालाई जोडिएको छ । साथसाथै एक मानिसको दुःखद् अवस्थालाई काव्यको मार्फत कथा वस्तु बनाइएको छ ।

पुस्तक समीक्षा (मुना मदन)


मदन एक मिहिनेती पात्रका रुपमा उभिएका छन् । उनी एउटा गरिब परिवारका सदस्य हुन्छन् । उनले एउटी प्रेमिका हुन्छिन् । छिट्टै विवाह पनि गर्छन् । त्यसपछि भने मदन धनकमाउनका लागि ल्हासा जान्छन् । त्यहाँ जाने बाटो निकै कष्ठकर हुन्छ । तरपनि परिवार पाल्न, श्रीमतीको इच्छा पूरा गर्न, आमाको सपना साकार पार्न साहुको ऋण तिर्न धनको खोजीमा मदन ल्हासा जान्छन् । जसो तसो गरी पहाड चढी मदन ल्हासा पुग्छन् । त्यहाँ गएर उनले दिनभर काम गर्छन् तर मुनालाई कहिल्यै बिर्सेनन् । राति उनलाई सम्झँदै बस्थे । त्यसैगरी यता गाउँमा मुनाले पनि कयौँ कठिनाईको सामना गरिरहेकी थिइन् । मदनको बिछोड पछि जसो तसो गरी उनले आफूलाई सम्हाल्छिन् । आमाको सेवामा जुट्छिन् मुना । यसैगरी दिन, मौसम र वर्षाहरु बित्दै जान्छन् । अब भने मदनले सोच्छन् ‘मैले धन त कमाएँ । अब घर फर्किउ ।’ यसो सोची घर फर्किने निधो गरी घरतर्फ लाग्छन् ।

बाटोमा घर फर्कने क्रममा अव्यवस्थित खानपानको कारण उनलाई हैजा रोग लाग्छ । उनको साथी त उनलाई छोडी गाउँतर्फ लाग्छन् र मदनको घरमा भन्छन् कि मदन अब कहिल्यै फर्केर आउँदैन । हुन त मदन फर्किदैनथ्यो होला यदि ती दयालु भोटेले मदनको औषधी उपचार नगरेको भए । यता मदनको मृत्युको समाचार सुनी मुना पूर्णरुपले शोकमा डुब्छिन् र आफ्नो प्राण त्याग्छिन् । उता भने मदन भोटे दाइलाई धन्यवाद ज्ञापन गर्दै घर फर्किन्छन् । त्यहाँ पुगे पश्चात् उनले मुनाको मृत्युको खबर सुन्छन् । उनको माथि दुःखको पहाड थिचे झैँ अनुभुति हुन्छ उनलाई । मुनाको र आमाको मृत्युको समाचारले उनी बौलाउँछन् र खाली उनलाई मुनाले कति मिठो गरी ‘हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नु खाएको वेस आनन्दी मनले’ भनेर हिँड्ने बेलामा सम्झाएको याद आउँथ्यो । अन्तिममा एक रात बिजुली चम्क्यो र मदन सधैंका निम्ति निदाए । र सधैंका निम्ति मदन र मुना आकाशमा विलिन भए । सरी देवकोटा स्वयम्ले आफू मर्ने वखत भने अनुसार ‘मेरा सारा कृतिहरु जलाइदिए पनि हुन्छ बाहेक मुनामदन ।’ यो पुस्तक पढे पश्चात् मलाई लाग्यो कि यो भनाई एकदमै उपयुक्त रहेछ । यो पुस्तकमा वर्णन गरिएका कथावस्तुहरु यथार्थ र नैतिकवान छन् । मलाई यो पुस्तकको कथा वस्तु धेरै मनप¥यो । पुस्तक पढ्दा कताकता केही शब्दले मनलाई छोए र आँखा भरिएर पनि आयो । 

मलाई यो पुस्तक एकदमै मनपर्यो । तर यहाँ प्रयोग भएको भाषा सिनो–तिबेतियन भएको कारणले हामीलाई बुझ्न कठिन भयो । साथै कथाको अन्तिम चरणमा यदि कोही पनि नमरेको भए र यदि मुना र मदनको भेट भइदिएको भए अझै राम्रो हुन्थ्यो होला र केही कठिन शब्दको अर्थलाई एउटा कोष्ठक वा एउटा पृष्ठमा दिएको भए अझ राम्रो हुन्थ्यो होला । त्यसैले म आफ्नो अनुभवका साथ सबैलाई यो पुस्तक पढ्ने सल्लाह दिन्छु ।

नवोदय शिशु सदन, कक्षा–७

हेटौंडा–४, कमलडाँडा








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


7368762 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top