21 Aug 2019   |   
logo
साहित्य

स्वरोजगार



साहित्य   302 पटक पढिएको   माधव भण्डारी ‘रश्मि’     

स्वरोजगार


मानिस आफ्नो गन्तव्यमा

जान स्वतन्त्र हुन्छ

कठिन परिश्रम नगरे

धेरै भुल हुन्छ ।।१


परिश्रम बिनाको विकल्प

अर्को संसार छैन

समस्याका परिणाम

हात नचल्दा हल हुन्न ।।२


स्वरोजगार कार्यक्रम

तालिका बनाई गर

कुनै पनि व्यवसाय

गर्न छेक्ने को छर ।।३


अर्काको भरमा पर्दा

लक्ष्य भेट्न सकिन्न

सानो सानो व्यवसाय

गर्दा धेरै पुँजी चाहिन्न ।।४


चटपटे, बदाम बेची

सडकपेटीमा बसी

एकमाना वदाम बेच्दा

बीस रुपैयाँ फाईदाली ।।५


ठेलामा हरियो मकै

पोली बिक्री गर्दा

प्रत्येक मकै घोगाबाट

दश रुपैयाँ फाईदा गर्दा ।।६


गृहस्तीको काम गर्न

महिला कतार जान्छन्

स्वदेश भित्र काम गर्दा

इज्जत जान्छ भन्छन् ।।७


खाडी मुलुक क्षेत्रमा त

महिलाको इज्जत छैन

अस्मिता त्यहाँ लुट्न

घरमालिक कम छैनन् ।।८








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


7367610 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top