14 Dec 2019   |   
logo
साहित्य

साहित्यकार तिम्सिनाको निधन



साहित्य   1752 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः साहित्यकार अप्सरा तिम्सिनाको आइतबार राति निधन भएको छ । हेटौंडा–४, कमलडाँडा निवासी साहित्यकार तिम्सिनाको उपचारको क्रममा चितवनस्थित एक अस्पतालमा निधन भएको हो । केहीदिनदेखि ज्वरोका कारण स्वास्थ्यमा समस्या महसुुस गरिरहनुभएकी तिम्सिनालाई उपचारका लागि हेटौंडा–११ स्थित चुरेहिल अस्पताल लगिएकोमा चितवन रिफर गरिएको थियो ।

साहित्यकार तिम्सिनाको निधन


आइतबार राती चितवनस्थित अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको हो । चिकित्सकले रक्तचाप न्यून भएर मुटुको चाल बन्द भएर निधन भएको जनाएको पारिवारिक श्रोतले जनाएको छ । तिम्सिनाको निधनप्रति मकवानपुरका साहित्यकारहरुले दुख व्यक्त गरेका छन् । अल्पायुमै तिम्सिनाको निधनको अकल्पनीय खबरले स्तब्ध भएको भन्दै साहित्यकारहरुले दुखद व्यक्त गरेका छन् । २०३२ साल कात्तिक महिनामा जन्मनुभएकी तिम्सिनाको श्रीमान्, एक छोरा, एक छोरी छन् ।

आँचल साहित्य कला पुञ्जकी अध्यक्ष तिम्सिना हेटौंडा–३, लेवटस्थित बालउज्वल माविकी सहायक प्रधानाध्यापक समेत हुनुहुन्थ्यो । तिम्सिनाले कवितासंग्रह ‘किनाराका आवाजहरु’ र कथासंग्रह ‘अभ्यन्तर’ प्रकाशित गर्नुभएको छ । तिम्सिना भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानमा कोषाध्यक्ष, श्यामप्रसाद शर्मा समृति प्रतिष्ठान नेपालको कार्यसमिति सदस्य हुनुहुन्थ्यो भने साहित्य संगम मकवानपुरको पूर्वउपाध्यक्ष समेत हुनुहुन्थ्यो । तिम्सिना नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको जिल्ला कमिटी सदस्य समेत हुनुहुन्थ्यो । तिम्सिनाको दाहसंस्कार सोमबार बिहान हेटौंडाको राप्ती तटमा गरिएको छ ।








सम्बन्धित शिर्षक समाचारहरु
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


19684661 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top