12 Dec 2019   |   
logo
साहित्य

जनप्रियमा साहित्यिक कार्यक्रम



साहित्य   4083 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः हेटौंडा–१६ स्थित जनप्रिय माध्यमिक विद्यालय तथा प्राविधिक शिक्षालयले आइतबार साहित्यिक बिहानी कार्यक्रम आयोजना गरेको छ । विद्यालय परिसरमा आयोजना भएको उक्त कार्यक्रममा ३१ जनाले रचना प्रस्तुत गरेका थिए ।



   जनप्रिय प्राविधिक शिक्षालयका प्राचार्य नवराज अर्यालको सभाध्यक्षता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ चौलागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्यिक रचना सँगसँगै सांगीतिक सिर्जनाहरू प्रस्तुत भएका थिए । कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका पूर्व अध्यक्ष सुवास खनाल, सुजन कँडेल, साकार घिमिरे, अजिता ओझा, निशक दङ्गाल, रुपेश अधिकारी, डा. विवेक भट्टचन लगायतले रचनावाचन गर्नुभएको थियो । विद्यालयका प्राचार्य अर्यालले आगामी दिनमा पनि शिक्षालयले रचनात्मक कार्यक्रमलाई जोड दिने बताउनु भयो ।









सम्बन्धित शिर्षक समाचारहरु
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


19196676 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top