18 Jan 2020   |   
logo
स्वास्थ्य

जेसीजको आयोजनामा ४८ जनाद्वारा रक्तदान



स्वास्थ्य   86 पटक पढिएको   समाज संवाददाता   २०७६ मंसिर १० मंगलवार  
हेटौंडाः हेटौंडा जेसीजको जेसीज सप्ताहअन्तर्गत सोमबार बिहान हेटौंडा–१०, बसपार्कमा रक्तदान कार्यक्रम भएको छ । हेटौंडामा रगतको अभाव भएको भनिरहेका बेला जेसीजले रक्तदान कायक्रमको आयोजना गरेको हो । कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन् ।

जेसीजको आयोजनामा ४८ जनाद्वारा रक्तदान


रक्तदान गर्ने क्रममा खुसी हुFदै एक रक्तदाता ।

हेटौंडा जेसीजका अध्यक्ष सन्देश डीसीको अध्यक्षता तथा हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रमको उद्घाटन भएको थियो । रक्तदान कार्यक्रम अमित आचार्यको संयोजकत्वमा भएको हो । केही दिनदेखि विभिन्न संघ, संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेका कारण मागअनुसारको रगत आपुर्ति गर्न सहज भएको रक्तसञ्चार केन्द्र हेटौंडाले जनाएको छ । यसैगरी मंसिर १५ गते मनहरी गाउFपालिका–४, हाFडीखोलास्थित पशुपतिनाथ माविका पूर्वविद्यार्थीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ भने मंसिर २८ गते दशनामी समाज मकवानपुरले पनि रक्तदान कार्यक्रमको आयोजना गरेको रक्तसञ्चार केन्द्र हेटौंडाले जानकारी दिएको छ ।










सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


23851942 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top