18 Jan 2020   |   
logo
स्वास्थ्य

गढी र पदमपोखरीमा पाठेघरसम्बन्धी शिविर



स्वास्थ्य   260 पटक पढिएको   समाज संवाददाता   २०७६ मंसिर १० मंगलवार  
हेटौंडाः रोटरी क्लब अफ हेटौडाको आयोजनामा महिलाको प्रजनन् स्वास्थ्य तथा आङ्ग खस्ने समस्या सम्बन्धी निशुल्क स्वास्थ्य परिक्षण तथा उपचार शिविर मकवानपुरगढी गाउँपालिका र हेटौंडाको पदमपोखरीमा भएको छ । आइतबार मकवानपुरगढी गाउँपालिकाको शिखरकटेरीस्थित स्वास्थ्यचौकीमा शिविरको आयोजना गरिएको थियो भने सोमबार हेटौंडा–१३, पदमपोखरीस्थित स्वास्थ्यचौकीमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।



रोटरी क्लव अफ कान्तिपुर काठमाडौं र रोटरी क्लव अफ डेनभर साउथ इष्ट अमेरिकाको प्रयोजन तथा हेटौंडा उपमहानगरपालिका र ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी आयोजनामा शिविर भएको हो । रोटरी क्लब अफ हेटौंडा स्थानीय आयोजकको रुपमा रहेको छ । आइतबार शिखरकटेरी स्वास्थ्यचौकीमा १ सय ३३ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा १६ जनामा रङ पेसरी लगाइएको थियो भने ३ जना महिलाको पाठेघरको शल्यक्रिया नै गरेर उपचार गराउनुपर्ने पाइएको थियो । सोमबार पदमपोखरी स्वास्थ्य चौकीमा १ सय ३ जना महिलाको स्वास्थ्य परीक्षण गरिएकोमा ३ जनालाई रिङ पेसरी लगाइएको थियो भने १ जनाको शल्यक्रिया गर्नुपर्ने पाइएको थियो । स्वास्थ्य शिविरको अवलोकन गर्न जनप्रतिनिधि समेत सहभागी थिए । रोटरीले जिल्लाका अन्य स्थानमा पनि शिविरको आयोजना गर्दैछ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


23850997 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top