14 Oct 2019   |   
logo
स्वास्थ्य

संविधान दिवसमा डेङ्गु परीक्षण



स्वास्थ्य   89 पटक पढिएको   समाज संवाददाता   २०७६ असोज ४ शनिवार  
हेटौंडाः संविधान दिवसको अवसरमा हेटौंडाको पशुपति मन्दिर सभाहलमा डेंगु सम्बन्धी स्वास्थ्य परीक्षण तथा परामर्श शिविर आयोजना गरिएको छ । शिविरमा ५१ जनाले सेवा लिएका छन् । जसमध्ये ५० प्रतिशतलाई डेङ्गुको शङ्का लागि परीक्षणका लागि पठाइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संविधान दिवसमा डेङ्गु परीक्षण


संविधान दिवश मूल समारोह समितिको आयोजनामा भएको शिविरमा ३ नम्बर प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय, हेटौंडा उपमहानगर तथा निजी स्वास्थ्य संस्थाहरूले शिविरमा सहजीकरण गरेका थियो । हेटौंंडाको सबैभन्दा बढी डेङ्गु प्रभावित क्षेत्रमा संविधान दिवसका अवसरमा निःशुल्क शिविर गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश अधिकारीले बताउनुभएको छ । ज्वरो आएकाहरूको निशुल्क परीक्षण गर्ने र डेंगुको शंका भएमा पनि निशुल्क डेंगु परीक्षण हुने बताउनुभएको छ । संविधान दिवसको अवसरमा भएको शिविरमा सहकारी अस्पतालका डा। अनिल उप्रेती, चुरेहिल अस्पतालका डा। उत्सव कँडेल र शहरी स्वास्थ्य प्रवर्धन केन्द्र हटियाका डा। नेहा गुप्ताले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । शुक्रबारको शिविरमा परीक्षण गरको रसिद लिई कुनै पनि निजी तथा सरकारी अस्पतालमा जाँच गराउन जाँदा निःशुल्क उपचार हुने हुने आयोजकले जनाएको छ । शिविरमा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका वरिष्ठ जनस्वास्थ्य प्रशासक प्रणय उपाध्याय, हेटौंडा नगर स्वास्थ्य संयोजक सुपेन्द्र कार्की लगायत विभिन्न स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14803261 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top