14 Oct 2019   |   
logo
स्वास्थ्य

५० जनाद्वारा रक्तदान



स्वास्थ्य   54 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २९ आइतवार  
हेटौंडाः विश्व प्राथमिक उपचार दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । हेटौंडाका लायन्स तथा लियो क्लबहरुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।



शनिबार हेटौंडाको बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल ३२५ बी टुका डिस्ट्रिक गभर्नर अनुप कुमार पहारीको प्रमुख आतिथ्यता रहेको थियो । लायन्स क्लब अफ भुटनदेवीकी अध्यक्ष सीता श्रेष्ठ र लायन्स क्लब अफ पाथीभराकी अध्यक्ष आशिका श्रेष्ठको संयोजकत्वमा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14807342 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top