14 Oct 2019   |   
logo
स्वास्थ्य

उपमहानगरपालिकाद्वारा डेंगु परीक्षण किट हस्तान्तरण



स्वास्थ्य   78 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २८ शनिवार  
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले डेंगु परीक्षण गर्ने ३ सय ३३ वटा किट जिल्ला स्वास्थ्य कार्यालयलाई शुक्रबार हस्तान्तरण गर्नुभएको छ । मेयर महतले जिल्ला स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत राजकुमार इटनीलाई १ लाख मूल्य बराबरको किट हस्तान्तरण गर्नुभएको हो । डेंगु परीक्षण नेपाल सरकारले निशुल्क गर्दै आएतापनि बिहीबार जिल्ला स्वास्थ्य कार्यालयमा डेंगु परीक्षण किट सकिएको थियो । किट सकिएर डेंगु परीक्षण गर्न नपाएको थाहा पाए लगत्तै किट हस्तान्तरण गरेर काम सुरु गर्न मेयर महतले निर्देशन दिनुभएको छ ।

उपमहानगरपालिकाद्वारा डेंगु परीक्षण किट हस्तान्तरण


हस्तँन्तरण कार्यक्रममा मेयर महतले डेंगु परीक्षण किट स्थानीय तहका नागरिकहरुले तिरेको करबाट खरिद गरी उपलब्ध गराएको बताउनुभयो । किटको अभावले गर्दा जिल्लाबासीले डेंगु परीक्षणबाट बञ्चित हुनु नपर्ने मेयर महतको भनाइ छ । उहाँले यसअघि पनि एउटा कार्यक्रममा आवश्यक किट उपलब्ध गराउने बताउनुभएको थियो । किट सकिएपछि सम्बन्धित प्रदेश स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयमा तथा सरोकारवालालाई जानकारी गराइएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यसअघि पनि सामाजिक विकास मन्त्री युवराज दुलालले आवश्यक किट प्रदेशमा भएको र किटको अभाव नभएको बताउनुभएको थियो । समयमै निर्देशनालयले आवश्यक किट उपलब्ध नगराउँदा अभाव हुने देखिएको छ ।

डेंगु परीक्षण किट उपलब्ध गराउने सम्बन्धमा सरकारले चासो देखाएतापनि प्रदेशको अन्य जिल्लाहरुमा पनि यसको अभाव यथावत नै रहेको छ । डेंगु परीक्षण किटको लागि सामाजिक विकास मन्त्रालयले पनि समन्वय गर्ने जनस्वास्थ्य महाशाखा प्रमुख सतिश विष्टले बताउनुभयो । हालसम्म मकवानपुर जिल्लामा ८ सय ६७ जनामा डेंगुको संक्रमण पाइएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख शशिकान्त झाले जानकारी दिनुभयो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14806389 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top